१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

जिम्न्यास्टिकमा राजुले जिते ६ स्वर्ण

धुलाबारी- एपिएफका राजु राईले सातौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकमा ६ स्वर्ण पदक जितेका छन्। धुलाबारीस्थित पासाङ ल्हामु कभर्ड हलमा सकिएको प्रतियोगितामा राजुले उत्कृष्ट नतिजा निकालेपछि एपिएफले सर्वाधिक १० स्वर्ण पदक जित्यो।

पुरुषतर्फको भूर्इं व्यायाममा राजु राई (एपिएफ)ले एपिएफकै उज्जवल तिवारीलाई हराए। मध्यमाञ्चलका त्रिदेव गिरीले कांस्य जिते।

पोमेल हर्समा राजुले स्वर्ण, एपिएफकै रमेश श्रेष्ठले रजत र सुदूरपश्चिमाञ्चलका भक्तबहादुर चौधरीले कांस्य जिते। रोमन रिङमा पनि राजुले स्वर्ण, श्रीकृष्ण गर्बुजा (एपिएफ)ले रजत र सत्यनारायण मानन्धर (मध्यमाञ्चल)ले कांस्य जिते।

पार्लर बारमा राजुले स्वर्ण जित्दा विष्णु बाटा (एपिएफ)ले रजत र सत्यनारायण मानन्धर (मध्यमाञ्चल)ले कांस्य थापे।

राजुले अलराउन्ड च्याम्पियनमा स्वर्ण जित्दा उज्जवल तिवारी (मध्यमाञ्चल) र भक्तबहादुर चौधरी (सुदुरपश्चिमाञ्चल)ले क्रमशः रजत र कांस्य जिते। पुरुषतर्फ मल्तिङमा भने उज्जवल तिवारी (मध्यमाञ्चल)ले स्वर्ण जिते। एपिएफका खेलाडीद्वय दिनेश सुनार र रमेश श्रेष्ठले क्रमशः रजत र कांस्य जिते। पुरुष टिम इभेन्टमा एपिएफले स्वर्ण जित्यो। मध्यमाञ्चलले रजत र सुदूरपश्चिमाञ्चलले कांस्य जित्यो। यसैगरी राजुले होरिजेन्टल बारमा पनि स्वर्ण पदक जिते। नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष किशोरबहादुर सिंहले विश्वस्तरीय प्रशिक्षण पाए राजुले अन्तर्राष्ट्रिय पदक जित्न सक्ने बताए। उनले भने, 'हामी खुसी छौं उनको प्रदर्शनबाट। संघबाट हामीले जति गर्न सक्थ्यौं, गरिरहेका छौं। राष्ट्रिय खेलकुद परिषद, ओलम्पिक कमिटीले उनीजस्ता प्रतिभावान खेलाडीका लागि विशेष प्रशिक्षण र अवसर प्रदान गर्नुपर्छ।'

महिला टिम इभेन्ट पनि एपिएफकै पोल्टामा पर्‍यो। रजत मध्यमाञ्चल र कांस्य सुदूरपश्चिमाञ्चलले जिते। भल्टिक टेबलमा रेसिका श्रेष्ठ (एपिएफ)ले स्वर्ण जितिन्। तारा शिवाकोटी (मध्यमाञ्चल) र पिंकी झाङ (एपिएफ)ले रजत र सुनिता निरौला (एपिएफ)ले कांस्य जिते।

भूईं व्यायाममा तीनवटै पदक एपिएफले जित्यो। पिंकी झाङले स्वर्ण, रेसिका श्रेष्ठले रजत र सुनिता निरौलाले कांस्य जितिन्।

अलराउन्डमा पनि तीनवटै पदक एपिएफले पोल्टामा पार्‍यो। रेसिकाले स्वर्ण, पिंकीले रजत र सुनिताले कांस्य जिते। विजेता टोलीलाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीलगायतले पदक प्रदान गरे।

प्रकाशित: १५ पुस २०७३ ०२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App