८ वैशाख २०८१ शनिबार
खेल

माल्दिभ्सविरुद्ध नेपालको ९ गोल, सावित्राकोमात्रै ५ गोल

काठमाडौं- भारतको सिलगुढीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध ९-० गोलले पराजित गरेको छ। नेपालका लागि सावित्रा भण्डारीले पहिलो हाफमै ३-० गोलको अग्रता दिलाएकी थिइन्। उनले दोस्रो हाफमा ५० र ६३ मिनेटमा दुई गोल थपिन्।

नेपालका लागि मञ्जली योन्जले ५२ मिनेट, सपना मल्लले ७१ मिनेट र हीराकुमारी भुजेलले ७४ मिनेट, निर्मला विकले ९०+३ मिनेटमा गोल गरेकी थिइन्। 

साफको पहिलो खेलमा पनि नेपालले भुटानविरुद्ध ८-० गोलले पराजित गरेको थियो।

 

प्रकाशित: १३ पुस २०७३ १४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App