६ वैशाख २०८१ बिहीबार
ब्लग

बाबुराम र प्रचण्डलाई एक अर्काको कमी भएको छ

आज म जे छु, जुन स्थानमा छु यसको मुख्य कारक मेरो बुबा, स्वर्गीय भक्तिप्रसाद पाण्डे, नै हुनुहुन्छ। मैले हिडेको यो बाटोमा लाग्न उहा“ले नै दिशानिर्देश गर्नुभएको हो। त्यसपछि म निरन्तर हि“डिरहें, हि“डिरहेको छु। आफ्नै जीवनयात्रा लेखिएको पुस्तक विमोचनको दिन आज बुबा हामीसँग भौतिक रुपमा हुनुहुन्न । जीवनभर उहाँ थुप्रै ‘मृत्यु’हरुसँग जित्दै नेपाली राजनीतिक क्रान्तिको लडाइ लड्नुभयो। यो लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि उहाँले आफ्नो ज्यानको पर्वाह गर्नुभएन र उहाँ जस्तै हजारौं बुबाआमा र छोराछोरीहरुको त्याग र बलिदानले यो सम्भव भएको हो।

पछिल्लो डेढ दशकमा नेपालमा भएको ठूलो राजनीतिक उथलपुथलहरुको साक्षी म पनि भएको छु । माओवादी नेतृत्वमा भएको जनयुद्धदेखि १२ बु“दे समझदारी, शान्ति सम्झौता, लोकतन्त्र\गणतन्त्रको स्थापना, संविधानसभा, संविधानसभाबाट संविधान, लगायतका ठूला राजनीतिक परिघटनाहरुलाई नजिकबाट नियाल्ने मौका पाएको छु । यसको कारण मेरो बुबा नै हुनुहुन्छ । मेरो यो यात्राको थालनी बुबाले नै गराइदिनुभएको थियो । जसमा मलजल र दिशानिर्देश गर्ने काम मेरो बुबासरह अभिभावकत्व प्रदान गर्ने बाबुराम सरले गर्नुभयो । मलाई लाग्छ उहा“हरुले दिशानिर्देश गरेकै मार्गमा मेरो यात्रा निरन्तर अघि बढ्नेछ ।

संघीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको नेपालको संविधान थुप्रै आन्दोलन र राजनीतिक संघर्षहरुको परिणाम हो र पछिल्लो पटक जनयुद्धको योगदान ज्यादा छ । ती आन्दोलनमा सहभागी सबै नै यो संविधान र सबै राजनीतिक उपलब्धीहरुको हिस्सेदार हुन् । मेरो बुबा पनि एक हिस्सेदार हुनुहुन्छ । उहा“ले थुप्रै आन्दोलनहरुमा सहभागी भएर नेपाली राजनीतिक क्रान्तिमा योगदान पु¥याउनुभयो । मलाई पहिलेदेखि नै उहा“को योगदानबारे एउटा पुस्तक तयार पार्न मन थियो । त्यो मेरो एउटा सपना आज मित्र सिताराम बरालको सहयोगमा सम्भव भएको छ । यसका लागि उहा“ धन्यवादको पात्र हुनुहुन्छ ।

बुवा भक्तिप्रसाद पाण्डे नेपालको केन्द्रीय राजनीतिमा त्यति धेरै चिरपरिचत नाम होइन । तर कम्युनिष्ट आन्दोलन र मुख्यतः माओवादी आन्दोलनमा उहा“ निकै परिचित पात्र हुनुहुन्छ । हरेक आन्दोलनले नेतृत्व खडा गर्छ । नेतृत्व सबैभन्दा माथि हुने हु“दा नेतृत्वलाई परपर सम्मकाले पनि सबैले देख्छन् तर नेतृत्वलाई बोक्नेहरुलाई त्यही“ वरिपरि भएकाले मात्रै देख्ने गर्छन् । चिरपरिचितहरुका बारेमा त धेरैले सोधखोज गरेर पनि थाहा पाउने गर्छन् तर आन्दोलनमा उत्तिकै योगदान पु¥याउने तर केन्द्रीय रुपमा त्यति परिचित नभएकाहरुको पनि अभिलेख सुरक्षित गरिदिनुपर्छ भन्ने मलाई लागिरहेको थियो ।

बुवाको सम्पूर्ण जीवन राजनीतिमै बित्यो । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानका निम्ति उहा“ले धेरै जोखिम उठाउनुभएको छ, महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । नेपाली क्रान्तिमा उहा“का पीडादायी एवं रोमाञ्चकारी कामका सबै विवरणहरु यो पुस्तक अध्ययन गरिसकेपछि थाहा पाउनु नै हुनेछ ।

उहाँको अघिल्लो पुस्ताले नेपालमा राजनीतिक अधिकार प्राप्तिका लागि लडाइ“ सुरु ग¥यो । उहा“को पुस्ता र मेरो पुस्ता समेत त्यो लडाइ“मा सहभागी भयो । लडाइ सजिलो भएको भए नेपालमा राजनीतिक अधिकार प्राप्तिका लागि ७ दशक भन्दा बढी समय लाग्दैन थियो । विगतमा जे भयो त्यो त्यतिबेलाको आवश्यकता थियो । त्यसो नभएको भए हामी अहिलेको अवस्थामा हुँदैनथ्यौं । बुबाले युद्धका बेला जस्तो जीवन बिताउनुभयो त्यो निकै साहसपूर्वक र कुशलतापूर्वक बिताउनु भयो । बुबालाई नडराइकन डराउनुप¥थ्यो, नहा“सिकन हा“स्नुप¥थ्यो, नरोइकन रुनुप¥थ्यो । त्यो उहा“ले त्यत्तिकै व्यक्तिगत रमाइलोका लागि गर्नुभएको थिएन, उहा“ लगायत त्यो लडाइ“मा सहभागी हुने सबैले सबैको अधिकारका लागि निःस्वार्थ लडेको थियो ।

युद्धपछि हामीले लामो संवाद ग¥यौं । किन लडाइ  भयो भनेर पनि निष्कर्ष निकाल्यौं । के गर्दा समाजमा शान्ति हुन्छ भनेर पनि लामो छलफल ग¥यौं । लामो बहस÷छलफलपश्चात सबै लडाइ को उपलब्धीका रुपमा हामीले संविधान जारी ग¥यौं । आज राजनीतिक वृत्तमा, शासन सत्ताको जिम्मेवारीमा सबै हिजो लडाइ“मा सहभागी हुनेहरु नै छौं । युद्ध कस्तो हुन्छ भन्ने अनुभव सबैस“ग छ । युद्ध किन हुन्छ भन्ने पनि सबैलाई ज्ञान छ । बुबाको साहस र कौशलको तारिफ जति पनि गर्न सकिन्छ, उहा“बाट प्रेरणा लिन सकिने कुराहरु धेरै छन्, तर त्यो जीवन स्वैच्छिक वाध्यात्मक जीवन थियो । समाजका लागि, देशका लागि ती काम गर्नु वाध्यता थियो । म चाहन्छु अब कसैका लागि पनि त्यस्तो वाध्यात्मक परिस्थितिको सिर्जना नहोस् ।

बुबाले सधैं भन्नुहुन्थ्यो – नेपालमा जनयुद्ध प्रचण्ड र बाबुरामको संयोजनले सफल भएको हो । यी दुई पात्र मध्ये एउटा नहुंदो हो त शायद नेपालमा जनयुद्ध असम्भव थियो, शान्ति प्रक्रिया पनि असम्भव थियो । उहाँले जीवनका अन्तिम दिनहरुमा पनि भनिरहनुहुन्थ्यो – यी दुबै पात्रहरु एक–अर्काविना अपूर्ण छन्, अपूर्ण रहन्छन्, अबको आर्थिक क्रान्तिको बाटो पनि दुबैको संयोजनले मात्र सफल हुन्छ । आज दुबैजना स“गै भएको बेला बुबाको यो विचार सुनाउन चाहें ।

संयोग पनि कस्तो परेछ भने प्रधानमन्त्री ज्यु र बाबुराम सर अलग भएको १४/१५ महिना पछि आज बुवाकै कारण एउटै सार्वजनिक मञ्चमा सँगै हुनुहुन्छ । प्रधानमन्त्री ज्यु र बाबुराम सरलाई एकदमै नजिकबाट चिन्ने थोरै पात्रहरु मध्ये म पनि एउटा हुँ। अहिले दुवै नेतालाई आफ्नो राजनीतिक यात्रामा एक अर्काको कमी पक्कै महसुस भएको हुनुपर्छ। भनिन्छ, कुनै व्यक्तिको महत्व त्यसबाट टाढा हुँदा थाहा हुन्छ । उहाँहरुको हकमा पनि शायद यो ओपन सेक्रेट कुरा जस्तै हो ।

आफ्नो राजनीतिक यात्रामा दुवै नेता खतरा मोल्न सक्ने खुवी भएका नेता हुनुहुन्छ । बाबुराम सरले त रिस्क लिएर देशलाई तीब्र आर्थिक विकासको बाटोमा लैजाने भनी अगाडि वढिसक्नु भएको छ । अब प्रधानमन्त्री ज्यूले पनि राष्ट्रको निम्ति साना घेरावन्दीहरु तोड्दै एउटा रिस्क लिएर देशलाई आर्थिक विकासको बाटोमा लैजाने एजेण्डा तय गर्नुभयो भने बुवा लगायत धेरै नेपालीको सपना विपनामा परिणत हुने थियो ।

अन्त्यमा, बुवा विगत एक वर्षदेखि क्यान्सरसँग लडिरहनु भएको थियो । एक वर्षअघि डाक्टरले उहा“को आयु मात्र तीन महिना तोकेको थियो । डाक्टरको त्यो कुराले हामीलाई धेरै रुवाएको थियो । तर बुवाको आत्मबल यति धेरै थियो कि क्यान्सर रोगस“ग उहा“ एक वर्ष लड्नुभयो । जीवनको अन्तिम क्षणसम्म पनि उहा“ले  हार मान्नुभएन, अस्पतालमा भेट्न आउनेहरुलाई र हामीलाई उहा“ जहिल्यै पनि ‘केही दिनमा त ठीक भइहाल्छु नि’ भन्नुहुन्थ्यो । अन्ततः उहा“को २०७३ कात्तिक २८ गते देहान्त हुन पुग्यो ।

वुवाको स्वास्थ्य उपचारको क्रममा सहयोग गर्नुहुने सबैप्रति म आभार व्यक्त गर्दछु । विशेष गरि सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र मलाई बुवा जत्तिकै अभिभाकत्व प्रदान गर्नु हुने नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईप्रति म विशेष आभार प्रकट गर्न चाहन्छु । उहाँहरुले बुवाको स्वास्थ्य उपचारदेखि यो पुस्तक प्रकाशनसम्म हामीलाई धेरै सहयोग गर्नु भएको छ ।

बुवाको संघर्षमय जीवनलाई पुस्तकका रुपमा तयार पारिदिनु भएकोमा मित्र सिताराम बराललाई विशेष धन्यवाद दिन चाहन्छु । र यो पुस्तक प्रकाशन गरिदिनुहुने प्रकाशक सांग्रिला बुक्स र मित्र मणि शर्मालाई पनि विशेष धन्यवाद छ। साथै यो कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।

हामी सबै राजनीतिमा लागेपछि घर सम्हाल्ने आमाको योगदान पनि थोरै छैन। उहाँ प्रति म विशेष आभारी छु।

(पाण्डे पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका स्वकीय सचिव हुन्। उनका पिता स्व. भक्ति पाण्डेको पुस्तक 'चाचा'को लोकार्पणमा उनले दिएको मनतव्य।)

प्रकाशित: ११ पुस २०७३ ०७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App