७ वैशाख २०८१ शुक्रबार
विचार

काष्ठमण्डप पुनःनिर्माण अभियान

केही दिनअघिमात्र काष्ठमण्डप पुनःनिर्माणका लागि अभियान समूहले एउटा अन्तक्र्रिया गरेको थियो । जसमा काठमाडौंका विभिन्न क्षेत्रबाट निर्वाचित सांसद पनि थिए । काष्ठमण्डपमा पुनःनिर्माणको कार्य सुरु गर्नुअघि पुरातत्व विभाग र दुरहम विश्वविद्यालयको टोलीले त्यस स्मारकको पूर्वबनोट र इतिहास पत्ता लगाउन गत वर्षदेखि नै अन्वेषण र उत्खनन् गर्दैछ । शायद यी काम गरिसकेपछि पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त प्रयासबाट काष्ठमण्डप पुनःनिर्माण हुनेछ । यो सुरु गर्न काठमाडौं महानगरपालिकाले विशेषज्ञ टोली पनि गठन गरिसकेको छ । तर त्यो टोलीले के÷के ग¥यो र के गर्दैछ भन्ने प्रकाशमा आएको छैन ।

‘काष्ठमण्डपलगायत विभिन्न सम्पदाहरु ठेकेदार प्रथामा पुनःनिर्माणको औचित्य’ विषयक उक्त कार्यक्रममा करिव एक दर्जन वक्ताले बोलेका थिए । वास्तुकलाका एक प्राध्यापकबाहेक कसैले पनि काष्ठमण्डपलगायत कुनै पनि प्राचीन स्मारकहरुको पुनःनिर्माणको काम ठेकेदारमार्फत गराउन नहुनेमा जोड दिएका थिए । ठेकेदार भन्नासाथ उसको काम पैसा कमाउने नै हुन्छ, कुनै पनि ठेकेदारले परोपकार गर्छु, समाज सेवा गर्छु, नाफा लिन्न वा सकेसम्म कम नााफा लिन्छु भन्दैन । तिनीहरुलाई हाम्रो सम्पदा र कलाको माया पनि हुँदैन । हाम्रो देशमा अहिलेसम्म केही विकसित देशहरुमा झँै स्मारकहरुको पुनःनिर्माण र जीर्णोद्धार गर्न सक्ने सक्षम, अनुभवी र योग्यता पुगेका कुनै पनि ठेकदार कम्पनी छ जस्तो लाग्दैन पनि ।

मैले थाहा पाएसम्म हामीकहाँ स्मारकहरुको मर्मत जीर्णोद्धार गरी अनुभव हासिल गरेका दुई चार जना ठेकेदार त छन् तर तिनीहरुसँग पूर्णतया जगैसम्म भत्केका स्मारक, मन्दिर, दरवार आदिको पुनःनिर्माण गर्न सक्ने अनुभव क्षमता र सामथ्र्य नै छैन । त्यसमा पनि कुनै पनि पुनःनिर्माण गर्नुपर्ने स्मारकको चाहे त्यो काष्ठमण्डप होस् वा माजु देगल, जैसींदेवल होस् वा त्रैलोक्यमोहन नारायण मन्दिर, तिनीहरुको वास्तुकला, तिनीहरुमा जडिएका कलात्मक सामानहरु, तिनीहरुको भित्री र बाहिरी भागका सम्पूणर््ा वास्तुकलात्मक ढाँचा र ती स्मारकमा जडिएका सम्पूर्ण सामानको एक एक गरी विस्तृत विवरण पहिले त पहिचान गरिनुप¥यो । त्यसपछि तिनीहरुलाई ठीक ठीक नाप साइजअनुसार बनाइ वा मर्मत गरी कुन कुन ठाउँमा राख्नुपर्ने हो, ठीक ठीक ढंगबाट जडान गर्नुपर्ने हो, ती सबै कुरा निक्र्योल गर्नुपर्छ । केही कलाकृति वा सामग्री फेला पर्न सकेन वा हरायो भने ती सामान के के हुन्, कस्ता कस्ता हुन्, ती सामान कुन कुन ठाउँको हो, सबै निश्चित गरी माथि भनेझै तद्तद् ठाउँमा नै सबै आकारप्रकार मिल्ने गरी बनाइ जडान गरिनुपर्छ ।

यसरी पुनःनिर्माण गर्ने स्मारकको सर्वप्रथम विस्तृतमा अभिलेखीकरण गरिनुपर्छ । यो कामका लागि पुरातत्वविद्, कला इतिहासकार, वास्तुकलाविद् र इन्जिनियरहरुको आवश्यकता पर्छ । यी सबैखालका जनशक्ति भएका र जुटाउन सक्ने ठेकेदार कम्पनीहरु हाम्रो देशमा छन् जस्तो लाग्दैन । यसका साथै ती कलाकृतिलाई कीरा मकौराबाट बचाउन फ्युमिगेट गरिनुपर्छ र भाँचिएका, टुक्रिएका, कुचिएका विभिन्न धातुका सामानलाई समेत मर्मत गर्न सक्ने र अन्य रसायनहरुको मद्दतद्वारा ती कलाकृति सरसफाइ गर्नका लागि एउटा सबै औजार भएको रसायनशाला, मूर्तिकार र रसायनविद्को पनि आवश्यकता पर्छ ।

वास्तवमा पुनःनिर्माणको कार्य त्यस्ता व्यक्ति, प्राविधिक, विशेषज्ञमार्फत गर्नु÷गराउनुपर्छ जसले ती स्मारकको वास्तुकला र त्यसमा जडित कलाकृति बुझ्ने र माया गर्ने हुन्छ । स्मारक पुनःनिर्माण र जीर्णोद्धार कार्यमा आर्थिक फाइदाको दृष्टिकोणबाट काम गर्ने कसैबाट पनि उक्त स्मारकको ठीक ठीक ढंगबाट पुनःनिर्माण वा जीर्णोद्धार हुनै सक्दैन । उक्त अन्तक्र्रियामा लुम्बिनी विश्वविद्यालयका उपकुलपतिले खुलस्तै भन्नुभयो कि ठेक्का प्रथाले स्मारक जसोतसो बने पनि त्यसमा ज्यान प्रदान गर्न सक्दैन ।
एक सांसदले सरकारसँग प्रश्न गर्नुभयो– भत्केको दुई वर्ष बित्न लाग्दा पनि उपत्यकाका स्मारकहरुको पुनःनिर्माण र जीर्णोद्धारलाई उचित प्राथमिकता किन नदिएको ? कतै उपत्यकाको सम्पदा र सभ्यतालाई नै धरापमा पार्ने षड्यन्त्र त भइरहेको छैन ? स्मारकहरुको पुनःनिर्माण र जीर्णोद्धार कार्य ठेक्का प्रथामा गयो भने हाम्रा सम्पदा मात्र नभई संस्कृति, कला, धर्म र सभ्यता सबै खतरामा पर्नेमा पनि जोड थियो उहाँको । एक सांसदले त यस्ता सम्पदा ठेकेदारलाई नदिन आग्रह गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको तर यसबारे प्रक्रिया कहाँ पुग्यो भन्ने जानकारी नपाएको बताउनुभएको थियो ।

सबैैजसो वक्ताले यो ढिलाइप्रति युनेस्को किन चूप बसेको भन्दै यी सम्पदा चुस्तदुरुस्त हुन सकेनन् भने यिनलाई खतराको सूचीमा मात्र राख्नुको कुनै अर्थ नहुने बताएका थिए । अनि काम बिग्रनुअगावै युनेस्कोले सरकारसँग हातेमालो गरी आवश्यक परेमा प्राविधिक हस्तक्षेपसमेत गरेर विश्व सम्पदा जोगाउन सुझाव पनि दिए ।
केही नेपाली प्राविधिक आ–आफ्नै डम्फु बजाउने र खाली परम्परागत सामग्री र प्रविधिको मात्र कुरा गर्छन् । उनीहरुसँग एक÷दुईवटा प्राचीन स्मारक पुनःनिर्माण र जीर्णोद्धार गरेको अनुभव होला तर त्यतिले मात्र उपत्यकाका सबैखालका स्मारक पुनःनिर्माण र जीर्णोद्धार गर्ने क्षमता पुग्दैन । वास्तवमा पुरातत्व विभाग र पुनःनिर्माण प्राधिकरणले नयाँ प्रविधिमा ज्ञान हासल गरेका वास्तुकलाविद्, इन्जिनियर, पुरातत्वविद्, रसायनविद् र प्राचीन प्रविधि जान्ने दक्ष सिकर्मी, डकर्मी, वज्रकर्मी, वुट्टाकर्मी, अवाले र अन्य कलाकार सँगै राखी पुनःनिर्माण र जीर्णोद्धार गराउनुपर्छ । अनिमात्र हाम्रो वास्तुकला, परम्परागत ज्ञान र शिल्पले निरन्तरता पाउनुका साथै हाम्रो कला, कौशल, संस्कृति, धर्म र सभ्यता पनि बाँचिरहन्छ ।

तसर्थ, राष्ट्रको धरोहर, प्रतिष्ठा र गौरवलाई प्रतिनिधित्व गर्ने प्रतिविम्बित गर्ने, विश्व सम्पदा सूचीमा सूचीकृत स्मारकहरुलाई ठेकेदार कम्पनीमार्फत काम गराउनुअघि सम्बन्धित सरकारी निकायले धेरै विचार पु¥याउनु आवश्यक छ । कुनै पनि पुनःनिर्माण र जीर्णोद्धार कार्य आफैँमा एउटा अनुसन्धानात्मक परियोजना हो । यो काम गर्ने जिम्मेवारी पाएको टोलीले कामको सुरुदेखि अन्त्यसम्मको अर्थात शिलान्यासदेखि गजुर राख्नेसम्मको दैनिक कार्य विवरण राखी यसमा आइपरेका समस्या र अन्य सबै कुराको अभिलेखीकरण गर्नुपर्छ । यी सबै विवरणयुक्त पुस्तकसमेत प्रकाशित गर्न सके सन्ततिलाई काम लाग्ने अभिलेख हुन जानेछ ।

प्रकाशित: ४ पुस २०७३ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App