८ वैशाख २०८१ शनिबार
समाज

मैनालीले दिए १ सय ५७ पटकमा ७८ लिटर रगत

न्यूयोर्क (अमेरिका)- फेसबुकमा कसैको जन्मदिनको शुभकामना दिंदा होस वा विवाहको शुभकामना एउटा फरक खालको शुभकामना पोष्ट हुन्छ। त्यो शुभकामना पठाउने एउटै व्यक्ति हुन अर्जुनप्रसाद मैनाली न्यूयोर्क। प्राय उनको शुभकामना यस्तो हुन्छ (आफ्नो खुसीयाली रक्तदान गरेर मनाउनु होला)। शुरुमा झट्ट सुन्दा अप्रासांगिक लागे पनि उनको योजना सुनेपछि निकै परोपकारी भावनाबाट ओतप्रोत हुने खालको छ उनको यो अभियान। उनि अमेरिकाको न्यूयोर्क बस्छन र रक्तदान गर्न विश्वभर रहेका नेपालीहरुलाई विभिन्न किसिमले प्रोत्साहित गर्न सकेसम्म आफै पुग्छन। त्यसैले उनि यतिखेर ईन्टरनेसनल नेपलिज् ब्लड डोनरर्स एसोसियसनका अध्यक्ष पनि हुन। उनै मैनालीले हालसम्म गरेको१ सय ५७ पटकको रक्तदानबाट गर्दा ४ सय ७१ ज्ानाका लागि बचाउन सक्ने रगत दान गरिसकेका रहेछन। यो जम्मा गर्दा २० ग्यालेन अर्थात ७८ लिटर रगत उनको शरिरबाट निकालिएको रहेछ। एक पटक निकाल्दा पाँच सय मिलिलिटर निकालिन्छन। एक पटक दिएको ५ सय एमएल रगत ३ जनासम्मलाई दिन मिल्छ। त्यस रगतबाट प्रति व्यक्तिका दरले दिने हो भने पनि ४ सय ७१ जनालाई बचाउन सहयोग पुग्ने रहेछ। एक हिसाबले त्यो एउटा सिंगो पोखरी हो। सामान्यतय यो एक जना मानिसबाट सजिलै गर्न सकिने काम होईन जुन काम उनै मैनालीले गरिसकेका छन। उनले एक बर्षमा संसारमा सबै भन्दा धेरै पटक रक्तदान दिने व्यक्ति भनेर गिनिज बुकमा नाम लेखाउन खोजे तर गिनिज बुकमा बर्षैपिच्छे रक्तदान गर्ने क्याटोगोरी नभएकाले उनको ईच्छा पुरा भएन। सन् २०१४ मा एक बर्षमा होल ब्लड ६ चोटी र प्लेटलेस ब्लड १३ चोटी दान गरेको दावी गर्छन।

उनको फेसबुकमा ४ हजार ५ सय साथीहरु छन। सायदै आफ्नो खुसीयाली साट्ने ती सबै फेसबुकका साथीहरुलाई उनको यहि सन्देश दोहोरिएका हुन्छन। फेसबुक जस्तो सामाजिक सञ्जालमा यतिखेर खुसीयाली साट्ने कसैलाई गाली गर्न पर्दा भित्तैमा पुग्नेगरी सराप्ने र अन्य समाचारजन्य विषय बस्तुहरु साटफेर गर्न निकै स्थान लिएको छ तर उनले भने परोपकारी काममा भरपुर प्रयोग गरेका छन।त्यसैले उनै मैनाली यस सामाजिक सञ्जालबाट आफ्नो अभियानले सकारात्मक चेतना फैलिएको पाएको छु भन्छन। उनले फेसबुकमा यसरी रक्तदान गरेर खुसीयाली साट्ने सन्देश दिन थालेकोे ५ बर्ष पुरा भएको छ र यस अवधिमा उनले निकै सकारात्मक सुझाव र सहयोग पाएका रहेछन।

आफुले गरेको परोपकारी कामबाट अमेरिकी समुदाय जानकार भएर मात्रै थकाई मारेनन र यतिखेर मैनाली नेपाली समुदाय भएको विश्वभर पुर्याउने यो्जनामा व्यस्त छन। जहाँ ईच्छा त्यहाँ उपाय भने झै मैनालीको यो अनौठो शोख छ। उनि रक्तदान गर्न भनेपछि विश्वका जुनसुकै कुनामा पुग्छन। हजारौ डलर खर्च गरेर एक पोका रगत दिन्छन अनि त्यो भन्दा बढी रक्तदानको फाईदाका बारेमा ज्ञान दिएर फर्कन्छन। उनको मुख्य योजना हरेक मानिस रक्तदान गर्दा कमजोर हुन्छ भन्दै डराउने भएकाले रक्तदानबाट कमजोर नहुने सन्देश दिन चाहान्छन। यहि समाचार बनाई रहने क्रममा उनिसंग कुरा गर्दा उनि हैटीमा रक्तदान गर्ने विषयलाई विट मार्दै थिए र भन्दै थिए म सायदै अर्को महिना रक्तदान गर्न हैटी जान्छु।

उनि रक्तदान दिदा हुने फाईदा र रक्तदान गर्दा मानिसहरु कमजोर हुन्छ भनेर डराउने गरेकाले त्यसमा रहेको भ्रम निवारण गर्न बढी समय खर्च गर्दछन।  अमेरिकामा ईन्सुरेन्स कम्पनिमा काम गर्ने मैनाली फुर्सद हुने र सर्न्दभ मिल्ने बित्तिकै रक्तदानको विषयमा जानकारी गराउदै रक्तदान गर्न प्रोत्साहित गरिहाल्छन। उनको अनुभवमा अमरिकामा रहेका नेपालीहरु प्रायजसो धरै समय काम गर्ने हुनाले अझै पनि रक्तदान गरेर कमजोर हुन्छ की भन्ने मानसिकता निवारण भएको छैन।

उनि रक्तदानका लागि यूरोप, एसिया हुदै अफ्रिकी मुलुक पनि पुगी सकेका छन। हुन पनि उनले १ सय ५७ पटक रक्तदान गरेछन। सन् १८७ अगष्ट २० का दिन पहिलो पल्ट लायन्स क्लवले आयोजना गरेको रक्तदानमा सहभागी भएका थिए।

२०४४ सालतिर ब्लड बैक काठमाडौंमा आफ्नो रक्तदानको प्रमाण पत्र लिन गएको बेला एक जना अधबैसे युवा आफ्नी श्रीमतिलाई २ पोका रगत चाहिएर त्यहाँ पुग्दा मैनालीले तिमी आफै एक पोका देउ म एक पोका दिन्छु भने तर ति व्यक्तिले म त कसैलाई पनि दिन सक्दिन भनेछन। र पछि कारण सोध्दा रक्तदान गर्दा मानिस बाँचुन्जेल निकै कमजोर हुन्छ भन्ने मान्यता व्यक्त गरेपछि मैनालीले दृढ संकल्प गरे की रक्तदानको बारेमा भएका भ्रम हटाउनु जरुरी छ। त्यसपछि मात्रै आवश्यक परेको बेला रगत पर्याप्त पाईन्छ। द ब्लड डोनर नामक पुस्तक पढेपछि उनलाई रक्तदान गरेर पनि निकै ठुलो समाजसेवा गर्न सकिन्छ भन्ने लागेपछि उनी यसैमा आकर्सित भएका रहेछन।

लायन्स क्लवको माध्यमबाट सन् १९९० तिर उनले देशव्यापी रुपमा रक्तदानको प्रचारप्रसार गर्न नेपालमा देशब्यापी साईकल यात्रा गरे। उनको स्लोगन थियो बर्षमा एक पटक रक्तदान गरौं। उनले नेपालमा छंदैमा १६ पटक रक्तदान गरेका रहेछन। त्यसबखत उनले थालेको रक्तदान गरौं भन्ने अभियान निकै सफल भयो। सन् २००० मा अमेरिका आउने बेलासम्म उनले ४९ पटक रक्तदान गरेको दावी छ। हाल उनले १ सय ५७ पटक रक्तदान गरिसकेको हामीलाई बताए। मैनालीको जानकारी अनुसारविश्वभर हरेक मानिसलाई प्रत्येक २ सेकेण्डमा रगत आवश्यकता पर्ने रहेछ र विश्वभर एक बर्षमा ३० मिलियन ब्लड कम्पोनेन्ट आवश्यक पर्दा रहेछन। रक्तदानको अवस्था हेर्दा चाही ८ मिलियन मानिस रक्तदान गर्दा रहेछन।

अमेरिकामा आएर पनि आफ्नो काममा उनले कहिल्यै थकाई मारेनन र निरन्तरता दिए। अमेरिकी जिवनमा केहि समय भने जस्तो नभएपनि जव आफ्नै गाडी किन्ने हैसियतमा उनि पुगे त्यस गाडीको साईडमा उनले लेखे बर्षमा ३ पटक रक्तदान गरौ। त्यो लेखेपछि पनि उनलाई कतिपयले सोधेरै भएपनि रक्तदान गर्नमा सहयोग पुगेको उनि बताउँछन। विस्तारै उनले नेपाली समुदायहरुसंग रक्तदानका बारेमा कुरा गर्दै नेपाली समुदायलाई रक्तदान गर्न उत्साहित गरे। उनले आफ्नो नियमित समाजसेवालाई निरन्तरता दिंदै सन २००९ मा ब्लड डोर्नस अफ यूएसए भन्ने संस्था नै खोले। विभिन्न संस्थाहरुसंग मिलेर रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै गए। हाल सम्म उनले अमेरिकाको १४ वटा राज्यहरुमा आफै उपस्थिति भएर रक्तदान गरिसकेका छन। उनि जहाँ जहाँ जान्छन त्यहा रक्तदानका लागि जनचेतना पनि जगाउँछन। हालसम्म उनले जनाकारी २००९ देखि हाल सम्म ७ हजार नेपालीले रक्तदान गरेका छन। उनि क्यनडा, यूरोपका विभिन्न देशहरु, अष्ट्रेलिया, बर्मुडा, अफ्रिकी मुलुक एक्वाडोर, मलावी गैसकेका छन् भने अबको योजना हाईटीमा जाने रेहको छ।

उनि आफ्नो जन्मस्थान काभ्रे जिल्लाको सबै माध्यमिक विद्यालयहरुमा रक्तदानका लागि जनचेतना गर्दै हिडेका छन। अघिल्लो बर्ष उनले बाजुरा जिल्लामा रक्तदान जिवनदान भन्ने विषयमा निवन्ध प्रतियोगिता नै गराएर जनचतना जगाए। अवको उनको नयाँ योजना नेपालमा काठमाडौं जिल्ला स्तरीय माध्यमिक विध्ाालयका विधार्थ्ाीहरुका लागि लायन्स क्लवसंग मिलेर रक्तदान जिवनदान भन्ने निवन्ध प्रतियोगिता गराउने रहेको छ। पहिलो हुनेलाई ५० हजार, दोश्रो हुनेलाई ३५ र तेश्रो हुनेलाई २५ हजार रासीको रक्तदान जिवनदान भन्ने विषयमा काठमाडौंमा निवन्ध प्रतियोगिता आगामी तीन महिनाभित्र गराउने योजना रहेको छ। उनले आफ्नै व्यक्तिगत खर्चबाट एक लाख पर्चा छपाएर नेपालका विभिन्न स्थानहहरुमा रक्तदानका बारेमा जनचेतना जगाउने काम गर्ने तयारीमा पनि छन। यी सबैका लागि ५ लाख लाग्ने भएकोले खर्च जुटाउने काममा व्यस्त छन। अबको तीन महिनामा त्यो काम पनि पुरा गर्नेछु उनले भने। संसरा निकै स्वार्थी हुँदै जाँदा अरुलाई बचाउनु पर्छ भने जीवनभरी मरिमेट्ने मान्छेहरु कमै हुन्छन। तिनै कमै परोपकारी भावनाका अर्जुन मैनाली एक हुन र उनको यस्ता परोपकारी भावनाबाट धेरैले सिक्न सक्नेछन्।

प्रकाशित: २ पुस २०७३ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App