coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रोल्पा र प्यूठान शुक्रबार पनि बन्द

दाङ– सीमांकन संशोधनको बिरोधमा बिहीबारदेखि बन्द रहेका राप्तीका दुई जिल्ला रोल्पा र प्यूठान शुक्रबार पनि ठप्प रहे। चार नम्बर प्रदेशमा गाभ्ने सरकारी निर्णयबिरुद्ध आन्दोलनमा उत्रिएका यी दुई जिल्लाबासीहरुले बिहीबारदेखि जिल्ला बन्द गरेर आन्दोलन कडा बनाएका छन्। बिहीबारदेखि बन्द रहेको रोल्पा शुक्रबार पनि खुलेन। रोल्पाको यातायात सेवा, बजार, उद्योग धन्दा, शिक्षण संस्था पूर्ण रुपमा ठप्पै रहे। रोल्पालीहरुले शुक्रबार रित्तो थाल ठटाएर सरकारी निर्णयको विरोध गरेका छन्। महिलाहरुले रित्तो थाल बजाउँदै बजारमा प्रदर्शन गरेका थिए।

यस्तै प्यूठानमा पनि दोस्रो दिनको बन्दले जनजीवन प्रभावित बन्यो । प्यूठानमा यातायातका साधन ठप्प रहे भने बजार, उद्योग धन्दा समेत ठप्प रहेको प्यूठान कांग्रेस सचिव देवेन्द्र बर्माले जानकारी दिए । उनका अनुसार प्यूठानमा स्वस्फूर्त रुपमा व्यवसायिहरुले व्यवसाय बन्द गरेर आन्दोलन गरेका थिए ।

प्यूठानमा होटेल, मेडिकलसमेत बन्द रहेको उनले जानकारी दिए । यि दुबै जिल्लामा प्रदेश सीमांकन संशोधनको विरोधमा पुस तीन गते सम्म निरन्तर बन्द रहने छ। यता दाङमा पनि एमालेले शनिबारदेखि दुई दिनसम्म आमहड्तालको घोषणा गरेको छ। संविधान संशोधनको विरोधमा एमाले दाङले विज्ञप्ती प्रकाशित गरी शनिबार  र आइतबार आमहड्ताल गर्ने जनाएको हो।

प्रकाशित: १ पुस २०७३ १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App