६ वैशाख २०८१ बिहीबार
समाज

लागुऔषध ८ किलो पोलेण्डसहित कालिमाटीबाट एक पक्राउ

काठमाडौं– लागुऔषध ओसार पसारमा संलग्न रहेको आरोपमा प्रहरीले कालिमाटी तरकारी तथा फलफूल बजार परिसरबाट एक युवालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुरको टिष्टुङ–५ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिकामा डेरा गरी बस्ने सुजन तामाङ रहेका छन्।
पक्राउ परेका तामाङले गाँजालाई रिफाइन गरी चरेस बनाउन तायर पारिएको पोलेण्ड नामक लागू औषध कारोबार गरेको कालिमाटी प्रहरी वृत्तका प्रहरी डिएसपी नवराज अधिकारीले बताए।

उनको साथबाट टेपले बेरिएको ४७० ग्राम र घरकोठा खानतलासी गर्दा ८ किलो २१० ग्राम लागू औषध पोलेण्ड बरामद भएको उनले बताए।

त्यस्तै तामाङको कोठाबाट नगद ५ हजार रुपैयाँ र १ थान मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका युवाले मकवानपुरबाट पोलेण्डका प्याकेटहरु ल्याई काठमाडौंको कालिमाटी, कलंकी, बाफल, कुलेश्वरलगायत क्षेत्रमा लामो समयदेखि बेचविखन गर्दै आएको प्रहरीले जनाएको छ।

अभियुक्त तामाङलाई लागूऔषध ओसारपसार ऐनअन्तर्गत कारवाही गरिने डिएसपी अधिकारीले बताए।

प्रकाशित: १ पुस २०७३ १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App