७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पुटिनको निर्देशमा अमेरिकी इमेल ह्याक!

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन

वासिङटन– अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानको समयमा डेमोक्रेटिक नेता तथा उनीहरुसँग आवद्ध संस्थाका इमेल ह्याक गरी निर्वाचनलाई प्रभावित पार्ने काम भएको अमेरिकी गुप्तचर संस्था सिआइएले जनाएको छ। एनबीसी न्युज टेलिभिजनले सो कार्यमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको समेत प्रत्यक्ष संलग्नता देखिने प्रशस्त आधार भेटिएको भन्दै गुप्तचर अधिकारीलाई उद्धृत गर्दै समाचार प्रसारण गरेको थियो।

कसरी डेमोक्र्याट्स पक्षका इमेल सामग्री ह्याक गर्ने र यिनलाई सार्वजनिक गरी उनीहरुविरुद्ध प्रयोग गर्ने भन्ने योजनाका लागि रसियाली राष्ट्रपति पुटिनले निर्देशन दिएको गुप्तचर रिपोर्टमा उल्लेख गरिएको उक्त अमेरिकी टेलिभिजनले जनाएको छ ।

कसरी डेमोक्र्याट्स पक्षका इमेल सामग्री ह्याक गर्ने र यिनलाई सार्वजनिक गरी उनीहरुविरुद्ध प्रयोग गर्ने भन्ने योजनाका लागि रसियाली राष्ट्रपति पुटिनले निर्देशन दिएको गुप्तचर रिपोर्टमा उल्लेख गरिएको उक्त अमेरिकी टेलिभिजनले जनाएको छ ।

टेलिभिजनले अमेरिकी गुप्तचर संस्था (सीआइए) का वरिष्ठ अधिकारीले ह्याकिङमा पुटिनको समेत संलग्नता रहेको सूचना सीआइएसँग सुरक्षित रहेको बताएका जनाएको थियो।

अधिकारीले पछिल्लो विश्लेषणको आधारका लागि आफूहरुसँग विश्वासिला प्रमाण रहेको दावी गरेको एनबीसीले जनाएको छ।

यसै सन्दर्भमा रसियाली राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने सञ्चारकर्मीलाई संक्षिप्त जवाफ दिँदै ‘रिपोर्ट बेतुकका सन्दर्भको आधारहीन व्याख्या’ मात्र भएको बताएका थिए।

गतहप्ता वासिङटन पोस्टले अमेरिकी इमेललाई रसियाद्वारा ह्याक गरी सार्वजनिक गरिदिएको भन्ने सीआईएको विश्लेषणसहितको रिपार्ट छापेपछि यस विषयले विश्वभर चर्चा पाएको थियो । सीआइए रिपोर्टमा ईमेल ह्याक गरी रसियाले रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई जिताउन प्रयोग गरिएको प्रशस्त आधार भेटिएको बताइएको पोस्टले जनाएको थियो ।

सन् २०११ मा रसियाली संसदीय निर्वाचनमा पुटिनको इमान्दारितामाथि प्रश्न गर्दै तत्कालीन अमेरिकी विदेशमन्त्री क्लिन्टनले पुटिनको आलोचना गरेकी थिइन्।  पुटिनले क्लिन्टनविरुद्ध विवादास्पद इमेल सार्वजनिक गरी बदला लिन खोजेको विश्लेषकहरुको बुझाई छ।

प्रकाशित: १ पुस २०७३ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App