coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्याङ्जामा ढिस्कोले पुरिएर मजदुरको मृत्यु

वालिङ-माटोको ढिस्कोले पुरिएर स्याङ्जाको भीरकोट–३ अर्चले पाखामा बुधबार अपराह्न एक मजदुरको मृत्यु भएको छ। 

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार स्याङ्जाको बयरघारी बजारबाट पर्वत जाने बाटोको स्तरोन्नति गर्ने काममा संलग्न दाङ घोराही नगरपालिका–६ का ४७ वर्षीय हेमराज आचार्यको मृत्यु भएको हो। 

बाटोभन्दामुनि जाली भर्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर मजदुर आचार्यको घटनास्थलमै ज्यान गएको हो। यो घटनामा घाइते अर्का मजदुर जाजरकोट डाडाँगाउँ–१ का ४९ वर्षीय खड्गबहादुर पुनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। रासस 

प्रकाशित: २९ मंसिर २०७३ १४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App