७ वैशाख २०८१ शुक्रबार
प्रवास

बेलायतको न्यायप्रणाली बुझ्न न्यायाधीशको टोली लन्डनमा

लन्डन-बेलायती न्यायप्रणाली बुझ्न नेपालका न्यायाधीशहरुको टोली लन्डन आइपुगेको छ। टोलीमा सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना, सर्वेच्च अदालतका सहरजिष्ट्रार नहकुल सुवेदी, जिल्ला अदालत रुपन्देहीका न्यायाधीश रमेशप्रसाद रिजाल, सर्वोच्चका उपरजिष्ट्रार विश्वराज पौडेल र अधिकृत गीता श्रेष्ठ सहभागी छन्।

आइतबारदेखि बेलायत भ्रमणमा रहेको वरिष्ठ न्यायाधीशको टोलीसँग गैरआवासीय नेपाली संघ यूकेले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो। मंगलबार गोल्डेनसीप रेष्टुरेन्ट, लन्डन साउथ ह्यारोमा आयोजित कार्यक्रममा न्यायाधीशहरुले नेपालको न्याय प्रणालीमा भइरहेको सुधारका बिषयमा भनाइ राखेका थिए।

एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षमा भएको कार्यक्रममा सहभागीहरु नेपालको न्याय सेवामा हुने ढिलासुस्ती, राजनैतिक हस्तक्षेपकाबारेमा अन्तरक्रिया भएको थियो।

प्रकाशित: २९ मंसिर २०७३ १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App