coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको भनाइमा चीनको चासो

बेइजिङ–राष्ट्रपति डोनाल्ड ट्रम्पको  चीनको  ‘एक चीन’ नीतिप्रतिको व्यक्त धारणालाई लिएर आफूहरु सशंकित भएको  चीनले बताएको छ । अमेरिकाको औपचारिक नीतिमा उसले चीनसँग मात्र औपचारिक सम्बन्ध राख्नेछ नकि चीनले आफ्नो प्रान्त मान्दै आएको ताइवानसँग ।

आइतबार एक टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले चीनसँगको सम्बन्धले मात्र फाइदा नपुग्ने र उ सँगको सम्बन्धमा पुनर्विचार गर्नु पर्ने धारणा राखेपछि चीन झस्किएको थियो । चीनले ट्रम्पलाई ताइवान सम्बन्धी विषयलाई गम्भिरताका साथ बुझ्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता जेङ सुहाङले संवाददातालाई भनेका छन्, ‘एक चीन वासिङटन र चीनको सम्बन्धको मुख्य आधार हो ।’

तर उनले आइतबारको अन्तर्वार्तामा  मुलुकको एक चीन नीतिमाथि प्रश्न उठाएका थिए । चीनबाट फाइदा नलिइ उक्त नीतिलाई निरन्तरता दिनुको औचित्य आफूले नदेखेको उनको कथन थियो ।

फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले अमेरिका ’एक चीन’ नीतिमा अमेरिका बांधिरहनु नहुने टिप्पणी गर्दै भने, ‘म यो बुझ्दिन कि हामी एक चीन नीतिमा किन बाँधिनुपर्छ । हामीले व्यापार लगायतका अन्य क्षेत्रमा हुने सम्भावित सम्झौतासँग त्यसलाई जोड्दैनौं भने किन त्यसलाई मान्ने?’

ट्रम्पले थप अगाडि भने, ‘हेर्नुस्, चीनले जानाजान आफ्नो मुद्राको भाउ घटाउंँदा हामीलाई असर परेको छ । हामीले कर लगाएका छैनौं तर उनीहरुले सीमामा त्यसो गरिरहेका छन् ।’

‘चीनले साउथ चाइना सीमा सैन्य किला बनाएको छ जुन उसले गर्नहुन्थेन । चीनले मलाई प्रभावित पारोस् भन्ने म चाहन्न ।’ केही दिन अघि ट्रम्प र ताइवानकी राष्ट्रपति लिसँग टेलिफोन वार्ता भएसँगै चीनका कान ठाडा भएका थिए । तर ट्रम्पले आइतबारको अन्तर्वार्तामा आफूले शुभकामनाको फोन पनि उठाउन नपाउने भनी रोष प्रकट गरेका थिए ।

‘त्यो खाली केही सेकेन्डको कल थियो । जितका लागि शुभकामना सर भनिएको थियो । यस्तोमा अर्को देश तँ कसैको पनि फोन उठाउन पाउँदैनस् भन्ने हक कहाँबाट कस्ले दियो ?’, ट्रम्पले भनेका थिए ।


चीनले ताइवानलाई आफूबाट अलग्गिएको प्रान्तको रुपमा हेर्छ । प्रष्ट नभनेपनि अमेरिकाले समेत त्यसलाई स्वीकार गरेको छ । त्यही अमेरिकी नीति नै सन् १९७९ यता अमेरिका चीन सम्बन्धको प्रमुख आधार रहँदै आएको छ । सन् १९७९ मा चीनको कुमिन्ताङ राष्ट्रवादीहरुले चीनबाट भागेर ताइवान पुगेर आफ्नै शासन सञ्चालनमा ल्याएका थिए । त्यसयता चीनले ताइवानलाई आफ्नै प्रान्तको रुपमा व्यवहार गर्दै आइरहेको छ र बारम्बार ताइवानले स्वतन्त्र राष्ट्र घोषणा गरे सेना लगाएर आक्रमण गर्ने धम्की दिँदै आएको छ ।

डोनाल्ड ट्रम्पको ‘ताइवान कल’ भने धेरैले ट्रम्पको रणनीतिक चालको रुपमा व्याख्या गरेका छन् । उनीहरुको विचारमा चीनसँग बार्गेनिङ गर्न ट्रम्पले ‘ताइवान कार्ड’ झटारो हानेका छन् । तर ताइवानीहरु भने पछिल्लो समय विकसित घटना क्रममा अन्यौल देखिएका छन् । उनीहरु चीनसँगको झगडा साँच्चिकै गहिरियो भने ट्रम्पले आफूहरुलाई साथ दिन्छन् वा साथ छाड्छन् भन्ने कुरामा दुविधामा छन् ।

प्रकाशित: २८ मंसिर २०७३ ०४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App