७ वैशाख २०८१ शुक्रबार
राजनीति

संशोेधन प्रस्ताव फिर्ता लिनुपर्छ: आचार्य

पाँचथर–नेकपा (एमाले)का सचिव भीम आर्चायले संसदमा पेश भएको संविधान ससोधन प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। जनतालाई भन्दा पनि अरुलाई नै खुशी बनाउन पेश गरिएको प्रस्तावको औचित्य नरहेकाले फिर्ता लिनु पर्ने उनको भनाइ छ। नेकपा (एमाले)को जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमका क्रममा फिदिममा आइपुगेका आचार्यले सोमबार पत्रकार कुरा गर्दै यस्तो धारणा राखेका हुन्।

सत्ताको लोभमा बनाइएको कठपुतली सरकारले जनता भन्दा कसैको दिन खुसी पार्न कथित संसोधन प्रस्ताव ल्याइसकेको आचार्यले आरोप लगाए। ‘सेलाई सकेको मधेस आन्दोलनलाई सरकारले संशोधन प्रस्ताव ल्याएर फेरि विवाद झिक्ने काम गरेको छ,’ उनले भने,‘संशोधनको पक्षमा जनता छैनन् तर सरकार कसैलाई खुशी पार्न चाहान्छ ?सरकारले संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचन घोषणा गर्नुपर्छ ।

आवश्यक कानुन बनाएर चुनाव गराउन सकेसाना तीन समस्या समाधान भएर जान्छन् ।’
अहिलेको अवस्थामा संशोधन प्रस्तावको औचित्य नरहेको उनको भनाइ थियो ।

प्रकाशित: २७ मंसिर २०७३ ०७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App