१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एक चीन नीतिमा अमेरिका बाँधिएर नबस्ने ट्रम्पको चेतावनी

वाशिंटन–अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका ‘एक चीन’ नीतिमा बाँधिएर बस्न हुने बताउका छन्। फक्स न्युजलाई दिएको एक अन्तर्वातामा राष्ट्रपति ट्रम्पले अमेरिका एक चीन नीतिमा बाँधिएर बस्नु आवश्यक नभएको बताएका हुन्। ट्रम्पको सो अभिव्यक्तिप्रति चीनले कुनै टिप्पणी गरेको छैन।

राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएपछि ताइवानकी राष्ट्रपति टेलिफोन संवाद गरिसकेका छन् भने सो विषयमा चीनले आपत्ति जनाइसकेको छ।  बीबीसीका अनुसार ट्रम्पले चीनसँग को नीति व्यापारजस्ता विषयमा पनि आधारित हुनसक्ने बताएका हुन्। ‘एक चीन’ नीति अन्तर्गत अमेरिकारले ताइवानलाई चीनको भाग भएको स्वीकार गर्दै आएको छ। र सोही अमेरिकी नीतिले चीन अमेरिकी सम्बन्ध प्रगाढ भएको मानिन्छ।

फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले आफ्नो जीतका पछाडि रुसको हात भएको अमेरिकी गुप्तचर विभाग सीआईएको आरोपलाई खारोज गरिदिएको बीबीसीले जनाएको छ।  उनले आफू विना आधारको समाचारमा विश्वास नगर्नेसमेत बताए।

प्रकाशित: २७ मंसिर २०७३ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App