६ वैशाख २०८१ बिहीबार
समाज

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नतिजाबारे छानबिन जारी

ललितपुर-पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्कूल अफ मेडिसिन अन्र्तगतको एमबिबिएस कार्यक्रम सातौ समूह २०७३/७४ को प्रवेश परीक्षाको नतिजा प्रकाशनमा लार्पवाहि गरेको पाइएको छ। मंसिर १५ गते नतिजा प्रकाशन गर्दा विद्यार्थीको रोल नम्बर उत्तरपुस्तिकाको कोड नम्बरसँग नमिलेपछि कोडिङ डिकोडिङमा प्राविधिक समस्या देखाउँदै मंसिर १८ गते विहान प्रतिष्ठानले पुनः नतिजा सार्वजनिक गरेको थियो।

तर विद्यार्थीहरुले भने त्यसको चर्को विरोध गरेका छन् । नतिजा निकाल्दा गम्भीर त्रुटी गरेको भन्दै उनीहरुले सत्यतथ्य छानविन हुनुपर्ने माग राख्दै सोमबार दिनभर पाटन विज्ञान प्रतिष्ठान अगाडि नारा जुलुस समेत गरेका थिए । प्रतिष्ठानले सार्वजनिक गरेको नतिजा न्यायोचित नभएकोले त्यसलाई रद्द गर्नुपर्ने विद्यार्थीको माग छ ।

प्रतिष्ठानले लिएको प्रवेश परीक्षामा १७ सय ९६ जना विद्यार्थी सहभागि रहेको र त्यसमध्ये ३ सय ८० जना विद्यार्थी उर्तिण भएका थिए । पहिला सार्वजनिक गरिएको भन्दा पछि सार्वजनिक गरिएको नतिजामा ३ जना विद्यार्थी बढी उर्तिण भएका थिए।

प्रतिष्ठानले उक्त पुस्तिका जाचँ गर्न अष्ट्रेलियाको न्यूक्यासपल युनिभर्सिटीमा पठाउने गरेको छ । यस विषयमा स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख भोलाराम श्रेष्ठले अष्टे«लियाको युनिभर्सिटीले उत्तर पुस्तिका पठाउने क्रममा अन्य तरीकाबाट त्रुटी होला भनेर कोडिङ गरेर पठाएको बताए । ‘कोडिङ र डिकोडिङमा गल्ती गरी प्रतिष्ठानले नतिजा प्रकाशन गरेको छ, जसले गर्दा उत्तरपुस्तिकाको कोड नम्बर र विद्यार्थीको रोलनम्बर मिलेन, उनले भने ‘जाँच दिने विद्यार्थीको नभएर प्रतिष्ठानको गल्ती भएकोले छानबिन समितिको नतिजा हेरिकन प्रतिष्ठानलाई कानुनी कारवाही गरिनेछ ।’

शुक्रबार स्वास्थ्य मन्त्रालयले गठन गरेको तीन सदस्यीय छानबिन समितिका संयोजक समेत रहेका श्रेष्ठले शुक्रबार गठन गरिएको ५ दिने छानबिन समितिको म्याद थप गरी १० दिन पु¥याइएको जानकारी दिए ।

‘हामीले त्रुटी थाहा पाउनासाथ विद्यार्थी भर्ना तथा छात्रवृति समिति, प्रतिष्ठानका पदाधिकारीहरु, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिहरुसँगको सहभागितामा छलफल गरी पुरानो नतिजा रद्द गरी नयाँ नतिजा सार्वजनिक गरेका थियौँ, प्रतिष्ठानका उपकुलपति डा. केदार बरालले भने, ‘हामीले जानेर गरेको गल्ती होइन, प्राविधिक त्रुटीले यस्तो समस्या आएको हो ।’

प्रतिष्ठानले गत शुक्रबार ललितपुरको पाटन प्रंतिष्ठानमा पत्रकार मम्मेलन गर्दै प्रष्तिष्ठानले मंसिर १५ गते सार्वजनिक गरेको नतिजा प्राविधिक त्रुटीका कारण गलत रहेको भन्दै नयाँ नतिजा सार्वजनिक गरिएको जानकारी दिएको थियो।

‘हामीले कात्तिक २७ गते अष्ट्रेलियाको न्यूक्यासपल युनिभर्सिटीमा कपि जाचको लागि पठाएका थियौँ, प्रतिष्ठानका उपकुलपति डा. केदार बरालले थपे, ‘त्यहाँबाट कपि जाचँ भएपछि युनिभर्सिटीले कात्तिक १४ गते विद्यार्थीको नम्बर सहित नतिजा पठाएको थियो । सोहि आधारमा हामीले कोडिङ र डिकोडिङबाट नतिजा हेर्दा प्राविधिक समस्याले गर्दा गल्ती देखियो त्यसकारण त्यसलाई सच्याएर नयाँ नतिजा प्रकाशन गरेका हौँ।’

तर पहिला प्रकाशन गरिएको नतिजा रद्द गरी नयाँ नतिजा निकालेमा विद्यार्थी र अभिभावकहरु असन्तुष्ट बनेका छन्।

प्रकाशित: २२ मंसिर २०७३ ०३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App