७ वैशाख २०८१ शुक्रबार
समाज

सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्षमाथि गोली प्रहार

बुटवल- भैरहवाको गल्लामण्डीमा केही बेर अघि गोली चलेको छ। सिद्धार्थनगर  उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई लक्षित गरी गोली हानिएको हो।

मुक्तिनाथ खाद्य उद्योगमा पत्रिका पढेर बसिरहेका न्यौपानेको दायाँ हातको ज्याकेटको बाउला छुदै गोली लागेको थियो।

न्यौपानेले मोटरसाइकलमा आएका व्यक्तिले  पेस्तोल ताकेर गोली हानेको तर आफू छलिएको बताएका छन्। घटनास्थलबाट प्रहरीले गोलीको खोका बरामद गरेको छ । गोली प्रहार गर्ने विरेन्द्र यादवलाई लुम्विनी रोडबाट पक्राउ गर्न सफल भएको रुपन्देहीका एसपी रविन्द्र धानुकले बताए।

यो घटनापछि प्रहरीले भैरहवाको चारैतिर नाकामा खानतलासी  शुरु गरेको थियो। सिद्धार्थनगर उद्योग बाणिज्य संघले आज प्रदेश सीमाङकन हेरफेर गर्न नहुने भन्दै विरोध र्‍याली निकालेको थियो। यो र्‍याली ननिकाल्न कतिपय मधेसी दलका नेताले उद्योग वाणिज्य संघका पदाधिकारीलाई आग्रह गरेका थिए। र्‍याली समापन भएको केही घण्टामै उपाध्यक्षमाथि गोली प्रहार भएपछि व्यवसायीहरु गंभीर बनेका छन्।

 

प्रकाशित: २१ मंसिर २०७३ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App