८ वैशाख २०८१ शनिबार
समाज

क्यान्सरपीडित चौधरीबाट सहयोगको लागि आग्रह

काठमाडौँ- क्यान्सर रोगले पीडित पथरैया, कैलालीका ३२ वर्षीय नारायण चौधरीले आर्थिक सहयोगका लागि आग्रह गरेका छन्।

आफू सुकुम्वासी परिवारको भएको र उपचारका लागि रकमको अभाव भएकाले मानवीय रुपमा आर्थिक सहयोगका लागि सबैसँग चौधरीले आग्रह गरेका हुन्।

विगत एक वर्षदेखि क्यान्सरको उपचारको क्रममा धेरै ऋण लागेको उनले बताए।
सहयोग गर्न चाहनेले नारायण चौधरीको एभरेस्ट बैङ्कको खाता नम्बर ०२३००५०१२०१२२६ र हिमालयन बैङ्कको खाता नम्बर ००६०२३५५४५००१५ मा रकम जम्मा गर्न सक्नेछन्।

सुरुमा भारतको लखनउमा उपचार गराइरहेका चौधरीले हाल भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन्।

उनले भने– ‘भारतमा गरेको शल्यक्रिया असफल भएपछि अहिले फेरि नेपालमा शल्यक्रिया गराएको छु, पैसा नहुँदा उपचारमा निकै समस्या परिरहेको छ।

स्नातकोत्तरसम्मको अध्ययन गरेका चौधरीले राजधानीका कलेजमा अध्यापन गराउँदै आएका थिए। रासस

 

प्रकाशित: २१ मंसिर २०७३ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App