७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाले फेरि गर्‍यो अर्को आणविक क्षेप्यास्त्र प्रहार

फाइल तस्बिर

उत्तर कोरियाले फेरि अर्को आणविक क्षेप्यास्त्र प्रहार गरेको छ। उत्तरले ह्वासङ–८ नाम गरेको नयाँ आणविक क्षेप्यास्त्र प्रहार गरेको त्यहाँका सरकारी सञ्चार माध्यमहरुले जनाएका छन्। उत्तरले प्रहार गरेको क्षेप्यास्त्र जापानको समुद्रमा खसेको थियो। उत्तरले सोमवार पनि एउटा क्षेप्यास्त्र प्रहार गरेको थियो।

परीक्षण गरिएको नयाँ क्षेप्यास्त्रलाई उत्तरले रणनीतिक हतियार बताएको छ। यस्ता क्षेप्यास्त्रमा आणविक अस्त्र ‘फिट’ गर्न मिल्छ।

प्रतिबन्धबीच उत्तरले एकपछि अर्को आणविक अस्त्र परीक्षण गरिरहेको छ। उसले यसै महिना तेस्रो मिसाईल परीक्षण गरेको थियो। उत्तरले नयाँ प्रकारको क्रुज मिसाईल र नयाँ व्यालिष्टिक मिसाइल प्रणाली यसअघि नै सार्वजनिक गरिसकेको छ।

गत जनवरीमा उत्तर कोरियाली नेता किम जोङ उनले आवाजबाट चल्ने हतियार विकास गर्न लागेको बताएका थिए। आफ्नो एक सम्बोधनमा उनले उत्तरले विकसित गर्न चाहेका अन्य अत्याधुनिक हतियारको नामसमेत सार्वजनिक गरेका थिए। उत्तर कोरियालाई निशस्त्र पार्ने विषयमा अन्तर्राष्ट्रिय समुदायबीच भएका छलफल अहिले रोकिएका छन्। 

विश्व समुदायको बिरोध बाबजुद उत्तरले नयाँ आणविक हतियार विकसित गरिरहेको छ। उत्तरले पछिल्लो पटक परीक्षण गरेको आणविक हतियारबारे अध्ययन गरिरहेको अमेरिकी सेनाले एक विज्ञप्तिमार्फत भनेको छ। तर, सो हतियारले अमेरिका र उसका सहयोगी राष्ट्रलाई कुनै असर नगर्ने उसले प्रष्ट पारेको छ। 

प्रकाशित: १३ आश्विन २०७८ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App