१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकी महिलाले एकैपटक १० बच्चा जन्माइन्

दक्षिण अफ्रिकी एक ३७ वर्षीया महिलाले एकै पटकमा १० बच्चा जन्माएकी छिन्। गोसाइमी थामारा सिथोलेले सात छोरा र तीन छोरीको जन्म दिएको बिबिसीले जनाएको छ। उनका पतीलाई उदृढ गर्दै बिबिसीले जनाए अनुसार गर्भवती अवस्थामा जाँच गराउँदा उनको गर्भमा ८ वटा मात्र बच्चा देखिएका थिए। 

दक्षिण अफ्रिकाका सरकारी अधिकारीले यसको पुष्टि गरेको बिबिसीले जनाएको छ। ती महिलाले १० बच्चा जन्माएर गिनिज विश्व रेकर्ड कायम गरेकी छिन्। सन २००९ मा अमेरिकामा एक महिलाले एकै पटक आठ बच्चा जन्माएर विश्व रेकर्ड कायम गरेकी थिइन्।

प्रकाशित: २७ जेष्ठ २०७८ ०४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App