coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा कोरोना खोप लगाएका ५२ जना स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था बिग्रियो

भारतमा शनिबार कोरोना भाइरसका खोप लगाएका ५२ जना स्वास्थ्यकर्मीहरूको स्वास्थ्य अवस्था बिग्रिएको पाइएको छ। खोप अभियानको पहिलो दिनमानै दिल्लीमा स्वास्थ्यकर्मीहरूलाई खाेपले एक गम्भीर प्रभाव पारेको हाे। स्वास्थ्यकर्मीहरू अस्पतालमा भर्ना भएका छन्।  

सरकारी तथ्यांक अनुसार खोप अभियानको पहिलो दिनमा दिल्लीको ११ जिल्लामा आठ हजार १ सय १७ जना स्वास्थ्यकर्मीलाई खोप लगाउने लक्ष्य थियो। जसमा जम्मा ४ हजार ३ सय १९ जनालाई खोप लगाईएको थियो। तर ती मध्ये ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको हो।

पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो। तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो। उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताइएको छ।  

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार खोप लगाएपछि प्रतिकूल स्वास्थ्य प्रभावको केसलाई 'एईएफआई'को रूपमा वर्गीकृत गरिएको छ, जुन खोपको प्रयोगसँग सम्बन्धित छैन।

भारतमा कोरोनाविरुद्वको खोप लगाउन शनिबारदेखि सुरु गरिएको हो। यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ। अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड अनुसार स्वास्थ्यकर्मीहरुलाई खोप लगाइएको हो।

प्रकाशित: ४ माघ २०७७ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App