९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जम्मु-कश्मीरमा आतंककारी हमला, २ भारतीय प्रहरी मारिए

जम्मु–कश्मीरमा आतंककारीको हमलाबाट दुई भारतीय प्रहरीको मृत्यु भएको छ तीन जना घाइते भएका छन्।  

भारतीय सञ्चारमाध्यमका अनुसार पुलवामा जिल्लाको पम्पोरमा आतंककारीको समूहले हमला गर्दा भारतको सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपिएफ) का २ सुरक्षाकर्मीको मृत्यु भएको हो।  

भारतीय पत्रिका दैनिक भास्करका अनुसार हमलामा ५ जवान घाइते भएकामा जिल्ला अस्पतालमा उपचारका क्रममा २ जनाको निधन भएको हो।  तीन जनाको उपचार जारी छ।  

हमला दिउँसो १२ः५० बजेतिर भएको थियो। सिआरपिएफका ११० बटालियन र जम्मु–कश्मीर प्रहरीको संयुक्त टोलीविरुद्ध आतंककारी समूहले गोली चलाएको हो। उनीहरूको खोजी भइरहेकाे र घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: १९ आश्विन २०७७ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App