११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको महाराष्ट्रमा मात्रै १३ हजार प्रहरी कोरोना संक्रमित, १३६ को मृत्यु

फाइल तस्बिर : भारतीय प्रहरी

भारतको महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ३ सयभन्दा बढी प्रहरीमा कोरोना पुष्टि भएको छ ।  

समाचार एजेन्सी पीटीआईका अनुसार यस अवधिमा कोरोना संक्रमणकै कारण ५ प्रहरीको मृत्युसमेत भएको छ ।  

महाराष्ट्र कोरोनाबाट भारतकाे सबैभन्दा बढी पीडित प्रदेश हो । जहाँ अहिलेसम्म संक्रमित प्रहरीको संख्या मात्रै १३ हजार नाघिसकेको छ । तीमध्ये १३६ प्रहरीको मृत्युसमेत भएको छ ।  

पछिल्लो २४ घण्टामा प्रहरीसमेत सबै गरेर महाराष्ट्रमा १४ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने यस अवधिमा ३२६ संक्रमितको मृत्यु भएको छ ।  

योसमेत महाराष्ट्रमा अहिलेसम्म संक्रमितको संख्या ६ लाख ४३ हजार नाघिसकेको छ । तीमध्ये २१ हजारभन्दा बढीको मृत्यु भइसकेको बिबिसी हिन्दीले जनाएको छ । 

प्रकाशित: ५ भाद्र २०७७ १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App