९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

म्यानमार–  म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ। बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार बिहानसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको हो।

म्यानमारसहितका दक्षिण एसियाली मुलुकहरुमा बाढी पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुनुका साथै हजारौं विस्थापित हुने गरेका छन्। तीमध्ये शुक्रबारको प्राकृतिक प्रकोपले म्यानमारमा अनपेक्षित क्षति गरेको छ। बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको स्थानीय प्रहरीले आइतबार जनाएको छ।

'अहिलेसम्म मृत्यु हुनेको संख्या ४८ पुगेको छ, बाढी पहिरोमा परेकाहरुको खोजी कार्य अझै पनि जारी छ,' पाउङ नगरका प्रशासक जाव मोए औङले एएफपीसँग भने। अत्यधिक वर्षासँगै आएको बाढी पहिरोले मोन, करेन र काचिन राज्यका धेरै पुल तथा सडकमा क्षति पुगेको छ। सेना र प्रहरी समेतका सुरक्षाकर्मीहरु प्रकोप प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यमा खटिइरहेका छन्।

प्रभावित क्षेत्रका विस्थापित जनतालाई खाद्य सामग्री पु-याउन हेलिकोप्टरको समेत प्रयोग गरिएको छ। त्यस क्षेत्रमा बाढी पहिरोले झण्डै चार हजार घर प्रभावित भएका छन्। त्यस ठाउँबाट झण्डै २५ हजार विस्थापित भएका छन्। उनीहरुलाई विभिन्न ठाउँमा अस्थायी शिविरमा राखिएको छ। स्थानीय समय अनुसार शुक्रबार बिहान ७ बजेतिर लगातारको वर्षाका कारण पहाडी यस क्षेत्रमा ठूलो बाढी र पहिरो गएको थियो। रासस/एएफपी

प्रकाशित: २६ श्रावण २०७६ ०८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App