९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेसियाको रासायन प्लान्टमा विस्फोट हुँदा १२ जनाको मृत्यु

पूर्वी इन्डोनेसियामा निकेल (रसायन) प्रशोधन कारखानामा शनिवार विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ। अन्य ३९ जना घाइते भएका छन्।

चिनियाँ लगानीमा सुलावेसी टापुमा सञ्चालित निकारागुआ निकेलको उत्पादनको लागि महत्वपूर्ण केन्द्र मानिन्छ। निकेल विद्युतीय बाहनका लागि चाहिने ब्याट्री र स्टीलको लागि प्रयोग हुने महत्वपूर्ण धातु हो।

पिटी इन्डोनेसियाको सिङशान स्टेनलेस स्टिलको प्लान्टमा स्थानीय समयअनुसार बिहान ५ः३० बजे दुर्घटना भएको नगर परिसरका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उनले भने, “अहिले मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने घाइते हुनेको सङ्ख्या ५१ पुगेको छ। सामान्य र गम्भीर घाइते भएका ३९ जनाको उपचार भइरहेको प्रवक्ता डेडी कुर्नियावानले बताए। 

घटनामा सात इन्डोनेसियाली र पाँच विदेशी कामदारको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ।

कुर्नियावानले एएफपीलाई बताएअनुसार पाँचै जना विदेशी कामदार चिनियाँ नागरिक थिए।

अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा भट्टीको मर्मतका क्रममा प्रज्वलनशील तरल पदार्थ प्रज्वलित हुँदा विस्फोट भएको र त्यसपछि नजिकैको अक्सिजन ट्याङ्कीमा पनि विस्फोट भएको देखिएको छ।

आइतबार बिहानसम्म आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ। रासस

प्रकाशित: ८ पुस २०८० ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App