१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केजरीवाललाई प्रकाउ गर्न आदेश

नयाँ दिल्ली-नयाँ दिल्लीका मुख्यमन्त्री एवं आम आद्मी पार्टीका नेता अरविन्द केजरीवाललाई आसामको एक अदालतले प्रकाउ गर्न आदेश जारी गरेको छ।

अघिल्लो सुनुवाईमा अदालतमा उपस्थित नभएको भन्दै अदालतले केजरीवालविरुद्ध यस्तो आदेश जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केजरीवाल र उनको पार्टी दिल्लीमा हुन लागेको एमसीडी चुनावको अभियानमा जुटिरहेका बेला उनीविरुद्ध प्रकाउ आदेश जारी गरिएको छ। केजरीवालले एमसीडी चुनावमा आफू व्यस्त रहेको बताउँदै पेसीका लागि अरू समय माग गरेका थिए। तर अदालतले उनको माग अस्वीकार गरेको छ । अब अदालतको अर्को सुनुवाई मे ८ मा हुँदैछ।

मानहानीको विषयमा दायर भएको यो मुद्दा प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक योग्यताबारे केजरीवालले गरेको टिप्पणीसँग सम्बन्धित छ । गत वर्षको डिसेम्बरमा केजरीवालले ट्विट गरेर मोदीले जम्मा १२ कक्षा मात्र पढेको र उनको कलेजको डिग्री नक्कली भएको बताएका थिए।

प्रकाशित: ३० चैत्र २०७३ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App