९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भागदौड मच्चिँदा इथियोपिया ५२ जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा

आदिस आबाबा- इथियोपियामा तीन दिने राष्ट्रिय शोक सोमबारबाट सुरु भएको छ। एक धार्मिक पर्वको क्रममा सरकारविरोधी समूह र प्रहरीबीच भएको झडपमा ५२ जनाको मृत्यु भएपछि सो तीनदिने राष्ट्रिय शोक घोषणा गरिएको राज्यद्वारा नियन्त्रित सञ्चार माध्यमले जनाएको छ। 

सरकारी संस्थाहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने, नियमित रेडियो कार्यक्रमहरुमा राष्ट्रिय शोकको धुनहरु बजाउने सञ्चार माध्यमहरुले जानकारी दिएको छ। 

राजधानी आदिस आबाबानजिकैको बिसोफ्तु नगरमा ओरोमो समूदायको इरिचा (वर्षात्को मौसम सकिएपछि मनाइने एक स्थानीय पर्व) चलिरहेका बेला सो घटना भएको इथियोपियाली सरकारी सञ्चार माध्यमले जनाएको छ। 

स्थितिलाई नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्जसमेत गरेको बताइएको छ । सो स्थानमा ठूलो सङ्ख्यामा जम्मा भएका व्यक्तिबीच डराएर कराउँदै भागदौड चल्दा उनीहरुको मृत्यु भएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

यो हिंसामा गैरजिम्मेबार समूहको हात रहेको क्षेत्रीय सरकारको आरोप छ । घटनास्थलमा गोली प्रहार भएको पनि बताइएको छ। 

प्रतिपक्षी दलका अध्यक्ष मेरेरा गुदिनाका अनुसार यस घटनामा मारिएका भनी सरकारीस्तरबाट भएको पुष्टि भन्दा यर्थाथमा अझ बढी व्यक्तिको मृत्यु भएको छ। 

सरकारस्तरबाट सङ्कलन भइरहेको शवहरु एक सयभन्दा बढी भएको आफूले प्रत्यक्ष रुपमा देखेको गुदिनाले बताए। 

प्रकाशित: १८ आश्विन २०७३ ०५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App