९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो

नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ। गत साउन १ गते यता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। 

पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो। योसँंगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ। 

बितेको चौबिस घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ। योसँगै हालसम्म डेंगुका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेंगुका बिरामी भेटिएका छन्।

प्रकाशित: ३० आश्विन २०७९ १२:०६ आइतबार

डेंगु