नेपालमा पछिल्लो २४ घन्टामा औसत कोरोना संक्रमणदर घटेर १३.८ प्रतिशतमा पुगेको छ। अघिल्लो दिनको तुलनामा २ प्रतिशतले संक्रमण दर घटेको हो। एक सातामा यो संक्रमणदर १८ प्रतिशतले घटेको हो।
पछिल्लो २४ घन्टामा परीक्षण भएका कुल ११ हजार ३ सय ६५ वटा नमुनामध्येमा एक हजार ५ सय ७० जनामा कोरोना पुष्टि भएको छ। थप संक्रमितसहित नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ जना पुगेका छन्।
गत २४ घन्टामा निको हुनेको संख्या ६ हजार १ सय ४६ जना छन्। पछिल्लो दिनको तथ्यांक पनि संक्रमितभन्दा निको हुने दोब्बर छन्। गत २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। थप मृतकसहित तेस्रो लहर सुरु भएदेखि कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३ पुगेको छ भने कुल मृतक संख्या ११ हजार ८ सय २७ जना पुगेका छन्।
सक्रिय संक्रमितमध्येमा होम आइसोलेसनमा ३८ हजार ८ सय ८३ जना छन् भने संस्थागत आइसोलेसनमा १२ सय २८ जनाको उपचार भइरहेको छ। तीमध्येमा २ सय ५५ जनाको आइसियूमा र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
गत २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ५०, भक्तपुरमा ३४ र ललितपुरमा ५९ जना संक्रमित भएका छन्। उपत्यकाकामा नयाँँ संक्रमित हुनेको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ।
प्रकाशित: २५ माघ २०७८ ०३:११ मंगलबार