१२ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

२६० जनामा काेराेना संक्रमण, एकको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै शुक्रबार सोको संख्यामा संक्रमण भएको जनाएको हो।

मन्त्रालयका अनुसार ८ हजार ६० जनाको पिसीआर परीक्षण र ३ हजार ८३८ जनाको एन्टीजेन परीक्षण गरी कूल ११ हजार ८९८ जनाको नमूना परीक्षणके क्रममा २६० जनामा संक्रमण भएको छ।

सो क्रममा ३४९ जना संक्रमणमुक्त भएको र १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। नेपालमा हाल ५ हजार ४८ सक्रिय संक्रमित छन्।

प्रकाशित: ९ पुस २०७८ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App