८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नारायणी अस्पतालमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट आएको टोलीले वीरगन्जको नारायणी अस्पतालमा छापामारी अनुसन्धान थालेको छ। सोमबार मध्यान्ह अख्तियारको टोलीले अस्पतालको फार्मेसी विभागमा छापा मारेको हो। 

आयोगका सूचना अधिकारी विष्णु सापकोटाले यसको पुष्टि गरेका थिए। फार्मेसीमा करिब सावा करोड बराबरको अनियमितता प्रकाशमा आएपछि आयोगको टोलीले यहाँ छापा मारेको हो।

टोलीका सदस्यले फार्मेसीको हरहिसाब, खरिद तथा बिक्री सम्बन्धित अभिलेख तथा कागजातहरु, फार्मेसीमा मौज्दात रहेको औषधिको स्टक र त्यसको अभिलेख लगायत आयोगको टोलीले नियन्त्रणमा लिएको छ। नारायणी अस्पतालमा रहेको अस्पलालकै (सरकारी) औषधि पसलमा ब्यापक आर्थिक हिनामिना भएको खबर बाहिरिएको थियो। उक्त सूचनाका आधारमा आयोगको हेटौंडा कार्यालयको टोलीले सोमबार छापा मारेको हो।  

अस्पतालले चार वर्षअघि २० लाख रुपैयाँ बीऊ पुँजी (सिड क्यापिटल) राखेर औषधि पसल सुरु गरेको थियो। अहिले यहाँ औषधि आपूर्ति गर्ने आपूर्तिकर्ताहरुको एक करोड ५१ लाख रुपैयाँ बक्यौंता रकम भुक्तानी गर्न बाँकी छ। फार्मेसीमा करिब ३० लाख रुपैयाँ मात्र मूल्यांकनको औषधिहरु मौज्दात छ। अस्पतालको औषधि पसलको पैसा अन्यतर्फ नचलाएको अस्पताल प्रशासनले जनाएको छ।

यसरी करिब सवा करोड रुपैयाँको हिसाब मौजुद छैन। टोलीका सदस्यले आफूहरु अनुसन्धानको प्ररम्भिक चरणमा छापा मार्न आइपुगेको र अहिले नै प्रतिक्रिया दिन नमिल्ने जनाएका छन्।

प्रकाशित: ३२ श्रावण २०७८ १०:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App