१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

बाँकेमा थप ८ जना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरिदै। तस्बिर:नागरिक

बाँकेमा थप ८ जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो। जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा बाँके ३ जना, बर्दिया र दाङका २/२ जना र कैलालीका १ जना रहेका छन्।  

कोरोना संक्रमणबाट नेपालगन्ज–११ बाँकेका ४३ बर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही बैशाख १८ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो। त्यसपछि वैशाख २१ गते भर्ना भएका उनको उपचारका क्रममा आइतबार (आज) बिहान ५ बजेर ५५ मिनेटमा मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।  

नेपालगन्ज–२ बाँकेकी ५३ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही बैशाख १५ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो। भोलीपल्ट भेरी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि आइतबार बिहान २ बजेर ३० मिनेटमा मृत्यु भएको हो।

यस्तै तुलसीपुर–६ दाङका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ। दाङमा यही वैशाख १२ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो। स्वास्थ्यमा सुधार नआएपछि वैशाख २२ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकोमा आइतबार बिहान २ बजे मृत्यु भएको हो। 

लम्की चुहा–१ कैलालीका ४३ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख २० गते भर्ना भएका उनले पिसिआर परीक्षण गराउँदा २३ गते कोरोना  पुष्टि भएको थियो। स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार राती १ बजे मृत्यु भएको हो। नेपालगन्ज–१५ बाँकेका ७३ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा यही वैशाख २१ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो। सोही दिन भर्ना भएका उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार राती ८ बजे भेरी अस्पतालमा मृत्यु भएको हो।  

यसैगरी दंगिशरण–५ दाङकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भेरी अस्पतालमा यही वैशाख २४ गते भर्ना भएकी उनलाई भोलीपल्ट पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो। स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार अपरान्ह ५ बजेर ३० मिनेटमा मृत्यु भएको हो।  

बढैयाताल–१ बर्दियाकी ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ। भेरी अस्पतालमा शनिबार दिउँसो ३ बजेर ४० मिनेटमा मृत्यु भएको हो। यही वैशाख २१ गते भेरी अस्पतालमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसपछि उनी सोही दिन अस्पतालमा भर्ना भएकी थिईन्।  

बढैयाताल–२ बर्दियाकी ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। भेरी अस्पतालमा यही वैशाख १७ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो। त्यसपछि वैशाख २२ गते भर्ना भएकी उनको भेरी अस्पतालमा शनिबार दिउँसो ३ बजेर २५ मिनेटमा मृत्यु भएको हो। योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १ सय ८० र बाहिरी जिल्लाबाट बाँकेमा आएर उपचार गराएका १ सय ३६ जनाको मृत्यु भएको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

प्रकाशित: २६ वैशाख २०७८ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App