९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु

कोरोना भाइरस कोभिड–१९ का कारण एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ।

निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो। 

अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो। कोभिड सङ्क्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन्। कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो। रासस

प्रकाशित: १० वैशाख २०७८ ०५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App