अमेरिकामा हालै सम्पन्न राष्ट्रपति चुनाव हारेका डोनाल्ड ट्रम्पका जेठा छोरालाई पनि कोरोना संक्रमण भएको छ।
यसअघि ट्रम्प, उनकी पत्नी र कान्छा छोरालाई कोरोना संक्रमण भएर पनि निको भइसकेको छ।
अहिले उनीहरूका जेठा छोरा ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण भएको हो।
उनमा कुनै लक्षण भने नदेखिएको र अहिले उनी क्वारेन्टिनमा रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
प्रकाशित: ६ मंसिर २०७७ ०६:५८ शनिबार