८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

विश्व मधुमेह दिवसः मधुमेह रोगबारे जान्नै पर्ने कुराहरू...

आज विश्व मधुमेह दिवस, विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ। पछिल्लो समय प्रत्येक घरमा मधुमेह रोगी देखिन थालेका छन्। मधुमेह, डाइविटिज, सुगर वा चिनी रोगले परिचित यो एक प्रकारको दीर्घरोग हो। यो रोग जसलाई पनि जुनसुकै उमेरमा पनि हुन सक्छ। साधारण भाषामा बुझ्नुपर्दा रगतमा गुलियोपन अर्थात् चिनीको मात्रा बढी भएपछि देखिने रोगलाई मधुमेह भनिन्छ। यसको समयमा उपचार भएन भने मानव स्वास्थ्यमा विभिन्न जटिलता आउन सक्छ।

मधुमेह हुने कारणः  

मधुमेह विभिन्न प्रकारका हुन्छन्। तर, सबैभन्दा बढी प्रकार २ मधुमेहमा इन्सुलिनको उत्पादन पर्याप्त मात्रामा हुँदैन र इन्सुलिनले उचित मात्रामा काम पनि गर्न सक्दैन। यसलाई इन्सुलिनमा निर्भर नरहने मधुमेह पनि भनिन्छ। यो मधुमेह नेपालमा सबैभन्दा बढी देखिने गरेको छ। यो करीब ९० प्रतिशत मधुमेह रोगीमा पाइन्छ। यसलाई जीवनशैली बताउने रोगको रुपमा पनि लिने गरिन्छ।  

मधुमेहमा कस्ता लक्षण देखिन्छन्?

५० प्रतिशत बिरामीमा मधमेह भएपछि पनि कुनै लक्षण हुदैन बाँकी ५० प्रतिशतमा निम्न लक्षण पर्छन्ः

तिर्खा बढी लाग्ने।

घाउहरु छिटो निको नहुने।

पिसब बढी लाग्ने।

भोक बढी लाग्ने।

थकाइ बढी लाग्ने। तौल घट्दै जाने।

हातखुट्टा झमझमाउने।

आँखामा समस्या आउने।

जोखिम:

यो जोखिमजन्य रोग हो। यो दीर्घरोग पनि हो त्यसैले निम्न जोखिम हुन्छन्ः

मधुमेह भएपछि हृदयघात हुने सम्भावना ४ गुणा बढी हुन्छ।

किड्नीमा असर भई किड्नी ड्यामेज हुने सम्भावना हुन्छ।

आँखामा असर गर्ने हुन्छ।

प्यारालाइसिस हुने सम्भावना ४ गुणा बढी हुन्छ।

ध्यान दिनुपर्ने कुराः

मधुमेहबारे जचेतना र ज्ञान हुनुपर्छ। सुगरको जाँच गराउने। सुगर भएपछि सुगरलाई कन्ट्रोल गर्नुपर्छ।

जीवनशैलीमा परिवर्तन गर्नुपर्छ।

औषधि नियमित सेवन गर्ने।

नियमित जाँच गरानुपर्छ।

उपचारः

यस्ता खतरनाक लक्षणहरू देखिएमा तुरुन्त मधुमेहरोग विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ। जीवनशैली परिवर्तन गर्नुपर्छ र खानेकुरा सन्तुलित बनाएर खानुपर्छ।

सुगरको औषधि डाक्टरको सल्लाहमा लिने।  

तनाव लिनु हुँदैन।  

नियमित व्यायम गर्नुपर्छ।

प्रकाशित: २९ कार्तिक २०८१ १०:१६ बिहीबार

#world diabetes day #diabetes