११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

देवचुली नगर अस्पतालका चिकित्सकहरू आन्दोलनमा

देवचुली नगरअस्पतालका चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा ठप्प गरेका छन्।

देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृतले फोनबाट अनावश्यक गाली गलौच गरेको, अपशब्द तथा झुठा आरोपहरू लगाएको भन्दै अस्पतालमा कार्यरत ५ जना चिकित्सकहरू आजदेखि आन्दोलनमा उत्रेका हुन्।

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा आफ्नो बुद्धिविवेक र ज्ञानको प्रयोग गर्दै बिरामीलाई चाहिएको जाँच र उपचार गर्ने चिकित्सकको निर्णयमाथि प्रश्न उठाउने र आरोप लगाउने व्यक्तिमाथि कारबाहीको माग गर्दै अस्पतालका बहिरङ्ग विभागका प्रमुख, आकस्मिक विभागका प्रमुख तथा मेडिकल अधिकृतहरू आन्दोलनमा उत्रेका हुन्।

बहिरङ्ग विभागका प्रमुख प्रमुख डा.राजिव सापकोटाले स्वास्थ्य शाखा प्रमुखले आफ्नो गल्ती स्वीकार गरेर सम्पूर्ण चिकित्सकहरूसँग माफी नमागेसम्म आकस्मिकबाहेकका सबै सेवा ठप्प रहने बताएका छन्।

यता, अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प भएपछि सेवाग्राही बिरामी समस्या परेका छन्।  

प्रकाशित: १५ भाद्र २०८० ०५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App