तिलगङ्गा आँखा अस्पतालले आँखासँग सम्बन्धित सबै प्रकारका उपचार गराउने उद्देश्यले काठमाडौँको चुच्चेपाटीमा ‘तिलगङ्गा सिटी आई सेन्टर’ को शुभारम्भ गरेको छ।
सार्वजनिक निजी साझेदारीको अवधारणामा तिलगङ्गा आँखा अस्पतालका चिकित्सकहरुको समूहबाट उपचार गराउने उद्देश्यले सिटी आई सेन्टर सञ्चालनमा ल्याइएको हो। सेन्टरको तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा. सन्दुक रुइत र प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङद्वारा उद्घाटन गरिएको हो।
सेन्टरले आजदेखि नियमित आँखा परीक्षणलगायत जटिल शल्यक्रियाको सेवा उपलब्ध गराउने छ। सेन्टरमा मोतियाबिन्दुको शल्यक्रिया, जलबिन्दुको उपचार, कोर्निया र रेटिनाको उपचार, आँखाको सौन्दर्य र अल्छी आँखाको व्यवस्थापनको उपचार गरिने जनाइएको छ।
प्रकाशित: ९ भाद्र २०८० १२:३२ शनिबार