८ मंसिर २०८१ शनिबार
image/svg+xml
शिक्षा

ताप्लेजुङका १३ वटा विद्यालयमा वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा पढाइने

हिमाली संरक्षण मञ्चले रेड पाण्डा नेटवर्कको सहयोगमा ताप्लेजुङका १३ वटा विद्यालयमा वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ।

आधारभूत तहका करिब साढे ६ सय विद्यार्थी लाभान्वित हुने गरी लागि वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा सम्बन्धी जानकारी दिन स्थानीय पाठ्यक्रम लागु गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए।

उनका अनुसार ७ वटा विद्यालयको कक्षा ६ र ७ मा वातावरण संरक्षण शिक्षा सम्बन्धी तयार भएको स्थानीय पाठ्यक्रम प्रयोगमा रहेको छ।

वातावरण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रममा दुर्लभ वन्यजन्तु रेडपाण्डा,यसको वासस्थान,संरक्षणका उपाय र स्थानीय समुदायको भूमिका समेत केन्द्रित गरी तयार भएको पाठ्यक्रम उपयोगमा ल्याएको छ।

राईका अनुसार वातावरण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम लागु भएका विद्यालयहरूमा फुङलिङ नगरपालिकास्थित मयाम मावि फुरुम्बु,पाथीभरा याङवरक गाउँपालिकास्थित सिद्धिकुमारी आधारभूत विद्यालय सिरिङ्गे र फक्ताङलुङ गाउँपालिकास्थित सिँवा मावि र महेन्द्र आधारभूत विद्यालय लिङखिम रहेका छन्।

यस्तै सिरिजङ्गा गाउँपालिकास्थित लक्ष्मी मावि मामाङ्खे र कञ्चनजंघा मावि याम्फुदिन तथा फक्ताङलुङ गाउँपालिकास्थित सरस्वती च्यारिवुक मावि लेलेप रहेका छन्। वातावरण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रमबाट ३ सय १० जना विद्यार्थी लाभान्वित हुने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक राईले जानकारी दिए।

यस्तै कक्षा ६,७ र ८ का ३ सय ४१ जना विद्यार्थी लाभान्वित हुने गरी ६ वटा विद्यालयमा हिउँचितुवा संरक्षण सन्देश झल्काउने पाठ्यपुस्तक प्रयोगमा आएको छ। राईका अनुसार फक्ताङलुङ गाउँपालिकाको वडा नं १ स्थित रविकला मावि सावादिन,वडा नं ५ स्थित सरस्वती मावि तापेथोक र वडा नं ६ लेलेपस्थित ग्याब्ला आधारभूत विद्यालय घुन्सामा हिउँचितुवा संरक्षण सम्बन्धी स्थानीय पाठ्यक्रम प्रयोगमा रहेको छ।

सिरिजङ्गा गाउँपालिकाको सरस्वती मावि सिकैचा र मिक्वाखोला गाउँपालिकाको वडा नं ४ साँवास्थित साँवा मावि र वडा नं ५ पापुङको बाल्देन माविमा हिउँचितुवा संरक्षण स्थानीय पाठ्यक्रमको पढाई हुने गरेको छ । रेडपाण्डा र हिउँचितुवा दुबै दुर्लभ वन्यजन्तु हुन्। यिनीहरूको संरक्षणका साथै वातावरणको सन्तुलनको सचेतनामूलक प्रयास विद्यालयतहबाटै जागृत गर्न यस सम्बन्धी स्थानीय पाठ्यक्रम बनाई कार्यान्वयनमा नियमित गरिएको हिमाली संरक्षण मञ्चले जनाएको छ। 

प्रकाशित: ३ भाद्र २०८१ १७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App