एभरेष्ट बैंक लिमिटेडले काठमाडौँको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा उद्घाटन गरेको छ।
बैंकले समाजमा रहेका ठुला तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउन आफ्नो ११९ औं शाखा उद्घाटन गरेको हो।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष सुमन तामाङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले सुन्दरबस्ती भङ्गाल शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
उक्त उद्घाटन समारोहमा काठमाडौं उद्योग वाणिज्य संघका कार्यकारी सदस्य रत्न भुषण छकुबाजी, बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेती, लगायत अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो।
उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले सुन्दरबस्ती भङ्गालका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरे।
पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको बैंकमा करिब १२ लाख ग्राहकहरु रहेको बैंकले जनाएको छ।
हाल बैंकले देशैभरी छरिएर रहेको ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ (ए.टी.एम) सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर (एस.एम.एस) बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ।
साथै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको बैंकले जनाएको छ।
प्रकाशित: २८ भाद्र २०७९ १४:३७ मंगलबार