‘एक्सेल एण्ड इलेभेट’ नाराका साथ नेशनल लाईफ इन्स्योरेन्सको ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट’ वर्कसप सम्पन्न भएको छ। कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले दक्ष कर्मचारीहरूबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकाले कम्पनीका कर्मचारीहरूको दक्षता अभिवृद्धिको लागि आवश्यक लगानी गर्दै जाने बताए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बिमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गैरहेको स्थितिमा आफ्नो दक्षता,मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल हुने बताए।
उनले बिमा बजारमा कम्पनीलाई अग्र स्थानमा पुर्याउन मार्केटिङ कर्मचारीहरूको जत्तिकै भूमिका प्रशासनिक कर्मचारीको पनि हुने भएकाले सबैले आआफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताए।
प्रकाशित: २४ भाद्र २०७९ ०४:०५ शुक्रबार