सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केवल कारबीच बैंकका ग्राहकहरूलाई केवल कारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण jकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले अन्नपूर्ण केवल कारमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ, इन्टरनेट बैैंकिङ प्रयोग गरी केबल कारको टिकट खरिद बापत १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने जनाएको छ।
यसले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ लाग्न उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको जनाएको छ।
प्रकाशित: २९ असार २०७९ ०४:४० बुधबार