९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

टाटा मोटर्सको जेनभोल्टज अब नेपाली बजारमा

टाटा मोटर्सले जेनभोल्टज जेनेरेटरको बिक्री वितरण सुरु गरेको छ। भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा उक्त जेनेरेटरको बिक्री वितरण शुरु गरेको हो।

भारतस्थित अन्तर्राष्ट्रिय स्तरको विकास तथा अनुसन्धान केन्द्रमा डिजाइन, परीक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटरको डिजेल इञ्जिन जडान गरिएको छ। कम्पनीका अनुसार जेनेरेटर टिकाउ, भरपर्दो र कम खर्चिलो रहेको तथा २५ देखि १ सय २५ किलो भोल्ट क्षमतामा उपलब्ध हुने बताएको छ। यस जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था छ।

नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री वितरण शुरु गरेकोमा खुसी व्यक्त गर्दै टाटा मोटर्सको कमर्सियल भेहिकल बिजनेस इकाई अन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णले बताए। उनले भने ‘टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनहरू मार्फत आफ्ना ग्राहकहरूको बदलिदो इच्छा र आकांक्षा पूरा गर्न कम्पनी कटिबद्ध छ।’

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणतर्फ केन्द्रित हुन नयाँ ऊर्जा प्रदान गर्ने बताए। उनले टाटाको जेनभोल्टज नेपालको पूर्वाधार एवं औद्योगिक विकासको लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्ने विश्वास व्यक्त गरे। 

प्रकाशित: ३० जेष्ठ २०७९ ०३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App