९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

ई–कमर्स ब्रान्ड हब ‘भेषभूषा’

सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू पाइने ई–कमर्स ब्रान्ड हब ‘भेषभूषा डटकम’ सञ्चालनमा आएको छ।

सोमबार अभिनेता राजेश हमालले ‘भेषभूषा डटकम’को उद्घाटन गरेका हुन्। स्वदेशी तथा विदेशी प्रख्यात ब्रान्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित सामान बिक्री गर्ने लक्ष्यसहित भेषभूषा सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

कम्पनी अध्यक्ष दिपक पाण्डेले तत्कालका लागि काठमाडौं उपत्यकामा मात्रै सेवा उपलब्ध भए पनि ४ महिनाभित्र देशका प्रमुख ७ सहरमा सेवा उपलब्ध गराइने बताए। त्यस्तै केही वर्षभित्र विदेशमा पनि नेपाली सामान अनलाइन प्लेटफर्ममार्फत पुर्‍याइने उनको दाबी छ।  

नविनतम शैली र सेवामार्फत ग्राहकको सोच, आवश्यकता र चाहना अनुरूप खरिद, बिक्री र परामर्शको एकीकृत सञ्जालमार्फत गुणस्तरीय सामानलाई उत्कृष्ट बिक्री माध्यम तथा विश्वस्तरीय अत्याधुनिक सेवा प्रणालीमार्फत उपभोक्तासँग जोडिने भेषभूषाका प्रबन्ध निर्देशक अनिल बन्जराले बताए।

प्रकाशित: ४ फाल्गुन २०७८ ०३:३९ बुधबार

ई–कमर्स ब्रान्ड