टिभिएसले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्याकंनबाटै डाउन पेमेन्ट तिरेर नयाँ टिभिएस मोटरसाइकल वा स्कुटर चढ्न पाइने योजना ल्याएको छ।
उक्त योजना अन्तर्गत मासिक ५ हजार ९ सय ९९ रूपैयाँ मासिक किस्ता तिर्नुपर्ने कम्पनीले जनाएको छ। शून्य प्रतिशत ब्याज दर सहितको यस योजनामा देशभरका टिभिएस सोरुमबाट सहभागिता जनाउन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ४ माघ २०७८ ०३:१८ मंगलबार