८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

बडाल पुरस्कृत

यस वर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार सहकारी अभियन्ता केशव बडाललाई प्रदान गरिएको छ।

स्वर्गीय कमलमणि दीक्षितको सम्झनामा स्थापित ५० हजार रूपैयाँ राशीको पुरस्कार नेपालमा सहकारीको माध्ययमबाट राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन योगदान पुर्‍याउने अभियन्ता बडाललाई प्रदान गरिएको हो।

शुक्रबार एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सम्मानपत्र सहित उक्त पुरस्कार बडाललाई प्रदान गरेकी छन्। दर्जनभन्दा बढी सहकारी सम्बन्धी पुस्तकका लेखक बडालले हाम्रो जस्तो देशको अर्थतन्त्रको स्वरूप समाजवाद उन्मुख हुनुपर्ने र त्यसका लागि सहकारी अर्थतन्त्रको स्वरूप समाजवाद उन्मुख हुनपर्ने भन्दै पहिलोपटक सहकारी ऐन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

देशभरका ३४ हजार प्रारम्भिक सहकारी संस्था तीन सय २५ वटा जिल्ला संघ, २० वटा विषयगत केन्दीय संघ, एउटा राष्ट्रिय सहकारी बैंक र यी सबै छाता संघको रूपमा राष्ट्रिय सहकारी महासंघलाई क्रियाशील बनाउन बडालले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

प्रकाशित: २६ पुस २०७८ ०१:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App