८ वैशाख २०८१ शनिबार
अर्थ

भक्तपुर अटोमोवाइल्स एसोसिएसन गठन

भक्तपुरमा रहेका अटोमोबाइल्स व्यवसायीहरुको भेलाले भक्तपुर अटोमोवाइल्स एसोसिएसन गठन गरिएको छ। दीपेन्द खर्वुजाको अध्यक्षतामा सात सदस्यीय एसोसिएसन गठन गरिएको हो। एसोसिएसनको सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति रहेका छन्। सदस्यहरुमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ रहेका छन्।

भक्तपुरमा अटोमोवाइल्स सम्बन्धी काम गर्ने सम्पूर्ण व्यवसायीको हकहितको उद्देश्यका साथ एसोसिएसन गठन गरेको अध्यक्ष खर्वुजाले जनाए। त्यसैले सरोकारवाला सम्पूर्णलाई एकताबद्ध हुन उनले आह्वान गरे।

एसोसिएसनले भावी दिनहरुमा व्यवसायीहरुको हकहितका साथै सामाजिक कामहरु पनि गर्ने योजना रहेको उनले सुनाए। साथै व्यवसायीहरुको लागि सीपमूलक तालिम गर्ने योजना रहेको पनि उनले जनाए।

एसोसिएसनले व्यवसायीहरुको हितको लागि मात्रै नभई उपभोक्ताको हितमा पनि विशेष ध्यान दिने जनाइएको छ। उपभोक्ता हाम्रा देवता हुन्, अध्यक्ष खर्वुजाले भने, त्यसकारण उहाँंहरु नठगिउन् भन्नेमा पनि हामी विशेष ध्यान दिनेछौं।

अटोमोवाइल्ससँंग सम्बन्धित अटोमोबाइल्स शोरुम, अटोमोवाइल्स रिकण्डिशन (एक्सचेन्ज), अटोमोवाल्स पार्ट तथा लुव्रिकेन्टस् बिक्री वितरण, मर्मत तथा वर्क सप (अटोमोवाइल्स मर्मत तथा सम्भार) का काम गर्ने व्यवसायीहरु एसोसिएटमा आवद्ध हुनसक्ने जनाइएको छ।

प्रकाशित: १९ मंसिर २०७८ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App