coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल र थाइल्यान्डले पर्यटनमा सहकार्य गर्ने

नेपाल र थाइल्यान्डबीच पर्यटन प्रवर्धनमा सहकार्य गर्ने सहमति भएको छ। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरस्फबीच भएको भेटवार्तामा दुवै देशले एक अर्कोको पर्यटन प्रवर्धनमा सहकार्य गर्ने बताएका हुन्।

भेटका क्रममा नेपालमा थाइल्यान्डबाट आउने र नेपालबाट थाइल्यान्ड जाने पर्यटकको संख्या बढिरहेको सन्दर्भमा आपसी सहकार्य गर्न सके दुवै देशको पर्यटनमा सघाउ पुग्ने बताइयो। रेग्मीले नेपाल गौतमबुद्धको जन्मस्थल रहेको र थाइल्यान्ड बौद्धमार्गी देश भएकोले यो थाईहरूका लागि धार्मिक गन्तव्य भएको बताए। 

बुद्ध जन्मस्थल लुम्बिनीमा थाई पर्यटकले भ्रमण गर्ने गरेको उल्लेख गर्दै सिइओ रेग्मीले बुद्धसँग जोडिएका अन्य स्थानमा समेत उनीहरूलाई लैजाने गरी ती क्षेत्रको विकासमा बोर्डले पहल गरिरहेको जनाए। थाइल्यान्डमा नेपालको प्रवर्धन गर्न त्यहाँस्थित सरकारी सञ्चारमाध्यम र नेपालमा थाइल्यान्डको पवर्धन गर्न नेपालको सरकारी सञ्चार माध्यमबीच सहकार्य गर्न सकिने उल्लेख गर्दै सिइओ रेग्मीले त्यसको लागि दुवैतर्फबाट पहल गर्नुपर्नेमा जोड दिए।

 थाई राजदूतले नेपाल र थाइल्यान्डबीच धार्मिक सांस्कृतिक सम्बन्ध सुमधुर रहेको र थाई पर्यटकका लागि लुम्बिनी प्रमुख आकर्षण भएको बताए। लुम्बिनीमा गौतमबुद्ध विमानस्थलको निर्माणपछि थाई पर्यटक बढ्ने सक्ने उनको भनाइ छ। थाइल्यान्डमा नेपालको प्रवर्धन गर्न आफू सकारात्मक रहेको उनले बताए। 

प्रकाशित: ९ वैशाख २०७८ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App