९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंकलाई ‘युरोपियन माइक्रोफाइनान्स २०२०’ अवार्ड

मुक्तिनाथ विकास बैंक लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को विजेता भएको छ । यस बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरिरहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन गरी उक्त अवार्ड दिएको बैंकले जनाएको छ ।  

यो अवार्डका लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र इथियोपियाको १÷१ वटा लघुवित्त संस्था छानिएको बैंकको विज्ञप्तिमा उल्लेख छ । पुरस्कारबापत बैंकले नगद एक लाख युरो प्राप्त गरेको छ । पुरस्कार रकमबाट न्यून आय भएका सदस्यलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न काम गर्ने बैंकको भनाइ छ ।  

यो बैंकले ४२ जिल्लामा रहेका एक सय ३८ मध्ये एक १८ शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङ अन्तर्गत एक लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यले प्रत्यक्ष सेवा लिइरहेका छन् भने यस क्षेत्रमा १७ अर्बभन्दा बढी लगानी रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित: ८ मंसिर २०७७ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App