१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

विद्यालय बनाउन भारतको ३ अर्ब सहयोग

भूकम्पका कारण क्षति भएका ५६ माध्यामिक विद्यालय पुनर्निमाण गर्न भारत सरकारले नेपालालाई २ अर्ब ९५ करोड आर्थिक सहयोग गर्ने भएको छ ।  

गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकका गरी माध्यामिक तहका ५६ विद्यालय पुनर्निमाण गर्न भारतीय दूतावास र शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ७ वटा सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरेका हुन् ।

नेपालमा भूकम्पपश्चात् सञ्चालित पुनर्निमाण कार्यक्रमअन्तर्गत भारत सरकारको उल्लिखित आर्थिक सहयोगमा ती विद्यालय पुनर्निमाण गरिने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

यो पनि पढ्नुहोस्

विद्यालय भवन निर्माणमा भारतको सहयोग

 

ती विद्यालय, नेपाल सरकारले तोकेको मापदण्डअनुरूप भूकम्पप्रतिरोधी बनाइनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर तथा छात्र र छात्राका लागि छुट्टै शौचालयको व्यवस्था गरिनेछ । भूकम्पप्रतिरोधी संरचना निमाण क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुङ्रकीले विद्यालय पुनर्निमाणका लागि प्राविधिक सहयोग गर्नेछ ।  

यसका साथै पुनर्निमाण परियोजनालगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायसँगको सहयकार्यलाई निरन्तर दिन भारत सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।  

प्रकाशित: २६ जेष्ठ २०७७ १४:३९ सोमबार

भारत