१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नबिल सजिलो कर्जा सार्वजनिक

काठमाडौं – नबिल बैंकले नेपालमा साना तथा मझौला उद्यमीका लागि बंैकिङ सेवा बढाउन साना तथा मझौला उद्यमी लक्षित रणनीति तर्जुमा तथा कार्यान्वयन गर्न युकेएड सक्षम एक्सेस टु फाइनान्ससँग सहमति गरेको छ। सहमतिपत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र सक्षमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

यसको साथै नबिल बैंकले यो साझेदारी परियोजना अन्र्तगत साना उद्यमी लक्षित नबिल सजिलो कर्जासमेत सुरु गरेको छ। सक्षमसँगको यो साझेदारीले ग्राहकका आवश्यकतालाई केन्द्र बिन्दुमा राखेर उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यास अबलम्बन गर्दै बैंकको साना तथा मझौला उद्यमीप्रतिको आस्थालाई अभिवृद्धि गर्ने उद्देश्य लिएको छ।

नबिल सजिलो कर्जा योजनामा चार करोड रुपैयाँसम्म व्यापारको आकार भएका र एक करोड ५० लाखसम्म ऋण आवश्यकता भएका साना तथा मझौला उद्यमी लक्षित गरी १०.५० प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ। यो योजनामा निःशुल्क कारोबार सूचक सेवा, निःशुल्क मासिक बैंक ई–स्टेटमेन्ट र व्यवसायका सञ्चालकलाई निःशुल्क क्रेडिट कार्ड जारी गर्ने जस्ता सुविधाहरु उपलब्ध हुनेछन्। उक्त कर्जा योजनामा ग्राहकले सम्पूर्ण कागजात पेस गरेको पाँच कार्य दिनभित्र बैंकले कर्जा प्रदान गर्नेछ।

‘यो साझेदारीले नविनतम सोचहरु उत्पादन गर्ने कुरामा हामी आशावादी छौं र यसको उपयोग गरी नबिल बैंकमा साना तथा मझौला उद्यमीको वर्गलाई थप मजबुत बनाउने छ। साझेदारीको साथै उद्यमशीलताको विकास र आर्थिक तथा व्यावसायिक वृद्धिका लागि साना तथा मझौला उद्यमी लक्षित योजना नबिल सजिलो कर्जा सार्वजनिक गर्न पाउँदा ज्यादै हर्षित छांै,’ कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भने। सक्षमका टिम लिडर दाहालले साना तथा मझौला उद्यमीको मर्म तथा आवश्यकतालाई मध्यनजर गर्दै नेपाली बंैकिङ क्षेत्रले साना तथा मझौला व्यवसायप्रति आमूल परिवर्तन ल्याउन नबिल बैंकले महत्त्वपूर्ण भूमिका निभाउनेमा आफूहरु विश्वस्त रहेको बताए।

प्रकाशित: २४ फाल्गुन २०७५ ०७:२३ शुक्रबार

नबिल_बैंक युकेएड_सक्षम_एक्सेस_टु_फाइनान्स