११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

त्रिशूलीमा यामाहाको नयाँ शो रुम

काठमाडौं– नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिहीबार नुवाकोटको बट्टारमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले त्रिशूली अटोमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । नुवाकोटमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत गरी नयाँ डिलरसिप सुरु गरेको कम्पनीले जनाएको छ।

नयाँ सोरुम उद्घाटन प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति, नुवाकोटका सभापति शान्तमान तामाङले गरेका थिए । त्रिशूली अटोबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्री एस’ सहित एक्सचेन्ज र फाइनान्सको पनि सुविधा पाउनेछन्।

पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम स्थापना गर्न पाउँदा आफू निकै हर्षित भएको त्रिशूली अटोका प्रबन्ध निर्देशक विवेक थापाले बताए । उनले यामाहा ब्रान्डका दुईपांग्रे खरिद तथा सर्भिस गर्न टाढा धाइरहनु नपर्ने बताए । ‘यहाँबाट हाई–टेक वर्कसप, तालिम प्राप्त र दक्ष टेक्निसियन रहनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन्,’ उनले भने।

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजिआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र एफजिएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ । साथै, फेजर प्लेटफर्मको फेजर२५ले पनि राइडरलाई आकर्षित गरिरहेको छ।

यामाहाका मोटरसाइकल र स्कुटर प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फर्मेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलमा माइलेज बढी पाइने कम्पनीको दाबी छ ।

प्रकाशित: २५ जेष्ठ २०७५ ०१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App