काठमाडौं– एनआइसी एसिया बैंकले कीर्तिपुर नगरपालिकाको भत्केपाटीमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ।
शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका स्थानीय लाभान्वित हुने बैंकले जनाएको छ । उक्त सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १८ वैशाख २०७५ ०१:०८ मंगलबार